Loading...
काठमाण्डु, २२ फागुन– १३ औं महाधिवेशनको मुखैमा विपी पुत्र एवं महामन्त्री उम्मेदवार डा. शेखर कोइरालाले राजतन्त्र पुनस्र्थापनाको बाटो खुलै रहेको अभिव्यक्ति दिएपछि काँग्रेसभित्र हल्लीखल्ली मच्चिएको छ ।
कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछाडि फर्कँदा पनि मुलुकलाई कुनै नोक्सान नपर्ने उल्लेख गरेका थिए । ‘हामीले पुनरावलोकन त गर्नुपर्छ । धर्म, संघीयता वा अरु विषयबारे पनि प्रश्न छन्’, उनले भनेका थिए, ‘यो बाटो जाने वा पछाडि जाने ? पछाडि जाँदा के बिग्रियो र ? अहिले अगाडि जाँदा पनि के हासिल भएको छ र ? मेरो पहिलो चिन्ता भनेको राष्ट्रियता हो, यो राष्ट्र हामीले जोगाउनैपर्छ ।’
कोइरालाले संविधान र परिवर्तनलाई ग्रहण गर्ने कि नगर्ने भन्नेबारे समेत गहन बहस रहेको भनेका थिए । ‘यो परिवर्तनलाई हामीले ग्रहण गर्ने, कहिलेसम्म गर्ने, कति समय लाग्ने हो ? ग्रहण गर्ने कि नगर्ने ? कांग्रेसको महाधिवेशन गर्दै गर्दा पछाडि एकचोटि फर्केर हेर्नैपर्छ’, शशांकले भनेका थिए ।
शशांकको अन्तर्वार्ताले रामचन्द्रलाई तनाव
आफूले महामन्त्रीको उम्मेदवार बनाएका शशांकले राजतन्त्रसहति पछिल्लो परिवर्तनबारे पुनर्विचार गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि कार्यबाहक सभापति रामचन्द्र पौडेल समस्यामा परेका छन् । आफैंले ल्याएको परिवर्तन र संविधानसमेत अस्वीकार गर्ने नेतालाई महामन्त्री उम्मेदवार बनाएको भन्दै संस्थापनभित्र असन्तुष्टि बढेको छ । शशांकको अभिव्यक्तिका कारण कतै पनि नखुलेको ‘न्युट्रल’ मत देउवातिर जाने चिन्ता रामचन्द्रलाई छ ।

शशांकको प्रतिगामी विचार
युवा नेता एवं केन्द्रीय सदस्यका उम्मेदवार रामहरि खतिवडाले काँग्रेसका विवेक भएका र राजनीतिक सचेत कोही पनि गणतन्त्रबाट पछि फर्कनुपर्ने विचारमा सहमत हुन सक्ने अवस्था नरेहको बताए । शशांकको अभिव्यक्तिलाई उनले राजनीतिक बेइमानीको संज्ञा दिए । ‘आफैंले हस्ताक्षर गरेको संविधानविरुद्ध बोल्नु उहाँको राजनीतिक बेइमानी मात्र होइन अनैतिक हर्कत हो’, खतिवडाले भने, ‘कुनै हालतमा काँग्रेस परिवर्तनको एजेण्डाबाट पछि हट्न सक्दैन ।’

नुवाकोट काँग्रेसका सभापति एवं सांसद् जगदीश्वरनरसिंह केसीले कोइरालाको ‘प्रतिगामी अभिव्यक्ति’ ले आम काँग्रेसजनलाई स्तब्ध तुल्याएको बताए । केसीले राजतन्त्र ब्युँताउने अभिव्यक्तिले ०६२/०६३ को जनआन्दोलनको अपमान गरेको उल्लेख गरे । ‘शशांकजीमा राजतन्त्रप्रतिको मोह बढेको देखियो’, केसीले भने, ‘देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्यो, फेरि राजतन्त्रबारे पुनर्विचार गर्ने घातक विचारको पक्षमा काँग्रेस उभिन सक्दैन ।’
Loading...

Social Buttons