Latest News

मनाङबाट आयो मन्त्री चढेको हेलिकप्टरबारे यस्तो खबर !!! कारण मौसम खराब

मनाङ, ३० फागुन । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको खबर सेलाउन नपाउँदै मन्त्री चढेको अर्काे हेलिकप्टर पनि दुर्घटनाबाट बचेको छ ।
आइतबार स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही चढेको एयर डाइनेष्टिको 9N-AJD कलसाइनको जहाज आकस्मिक अवतरण गरिएको हो । अचानक मौसम पुरै विग्रिएपछि मनाङको धारापानी- १ को पाल भन्ने ठाउँमा हेलिकप्टर इमरजेन्सी ल्याण्डिङ भएको स्थानीयवासीले बताए ।
आज मनाङमा बिहानैदेखि मौसम खराब भएपनि दिउँसो निकै विग्रिएको थियो । राज्यमन्त्री शाही मनाङ जिल्ला परिषद सकेर फर्किदै थिइन् ।
यसअघि शनिबार बर्दिया जाने क्रममा अर्घाखाँची पुग्दा मौसम विग्रिएपछि प्रधानमन्त्री चढेको हेलिकप्टरलाई डाइभर्ट गरी गौतमबुद्ध विमानस्थलमा अवतरण गरिएको थियो ।
Loading...