Latest News

नेपालमा नयाँ भूकम्प, चीनमा पनि धक्का !!!

काठमाडौँ, २४ फागुन । आज अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।
Humlaचीन र हुम्लाको सीमा क्षेत्रमा पर्ने सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
गत वैशाखमा गएको भूकम्पपछि स–साना परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उहाँले बताउनुभयो ।
भूकम्पको धक्का चीनको तिब्बतसम्म पनि महसुस गरिएको बताइएको छ ।
Loading...