Loading...
भारतीय आपूर्तिमन्त्रीसँग सम्बन्ध राख्न पनि नसक्ने र इन्डियन आयल कर्पोरेशनसँग सम्पर्क गरी देशमा बढेको इन्धन हाहाकारमा मल्हम लगाउन नसक्ने गणेशमान पुन आफैँ खटेका छन् । आफ्नो लागि कमाइ त कर्मचारीसँग मिलेर गरे होलान् तर समग्र राष्ट्रको हित गर्न सकेनन् ।
एमाओवादी नेतृत्वले आपूर्ति मन्त्रालयको हैसियत र गरिमा बुझ्न नसक्दा अहिलेको समस्या झन् बढेको हो । सो मन्त्रालयले भारतीय समकक्षीसँग सम्बन्ध बढाउन सकेन । आफ्नै अधिनमा आपूर्ति व्यवस्था विभागलाई पनि सक्रिय बनाउन नसकेको प्रमाण त केएल दुगड समूहले धारा तोरीको तेलमा गरेको बदमासीलाई लिन सकिन्छ ।
खाद्य संस्थान, साल्ट ट्रडिङ, नेसनल टे«डिङ जस्ता निकायहरु सो मन्त्रालयअन्तर्गत छन् तर मन्त्री परे अल्लारे, उनको इमानदारीतालाई नेपाल आयल निगमका लुटाहा कार्यकारी निर्देशक गोपालबहादुर खड्काले लोप्पा दिएका छन् ।
चर्चामा आए अनुसार आमूल परिवर्तनकारी नेता पुष्पकमल दाहालको लगानीमा नेपाल ग्यास उद्योग रहेका छन् । ज्वाइँ अर्जुन पाठक आपूर्तिमन्त्री पुनको पिए छन् । जनताले महिनौं कुर्दा पनि नेपाल ग्यास पाउँदैन । तर तारे होटल र रेष्टुराँहरुमा भने नेपाल ग्यास प्रसस्त पुगेको छ ।
कार्यकर्तालाई श्रमसँग जोड्न उत्पादन केन्द्रित गराउने नीति लिएका एमाओवादी नेतृत्वले प्रचण्डको नाम जोडिएको नेपाल ग्यासको कालोबजारीलाई उत्पादन र श्रमसँग जोडेको हो कि जनतालाई नेपाल ग्यासको कालोबजारबाट गिज्याएको हो ? जहाँको शासन महारानी सीता पौडेलको हातमा छ ।
त्यसो त प्रचण्ड परिवारको छाडापन र परिवर्तनविरोधी चरित्रको जतिसुकै जुनसुकै शब्दले भत्र्सना गरे पनि पुग्दैन । सर्वहारा वर्गको नेता भएका प्रचण्डले बुहारीको विवाह दर्ता पनि गरेनन्, नातिको जन्मदर्ता पनि गरेनन् ।
सीताद्वारा हेपिएकी कंश पुत्र प्रकाशद्वारा पीडित बनेकी माहिली पत्नी सिर्जना त्रिपाठीले एमाओवादी कास्की जिल्लाको बैठकमा डाँको छाडेर भक्कानिँदा प्रचण्डलाई परमेश्वर ठान्ने हनुमानहरुको मन छोयो कि छोएन ? प्रश्न उठेको छ ।
पार्टी शान्ति वार्तामा आएपछिका एमाओवादीका प्रत्येक नेताहरुले पञ्चले ३० वर्षमा नगरेको कांग्रेसले १४ वर्षे संसदीयकालमा समेत गर्न नसकेको भ्रष्टाचार गरेका छन् ।
ताजा खबरका अनुसार राष्ट्रको राजनीति हाम्रो वरपर छ भन्ने प्रचण्ड र एमाओवादी नेताहरुको हुंकार आफ्नै शब्दमा क्रान्ति सहिद परिवार सीता र प्रकाशको अत्याचारमा परेकी बुहारी सिर्जनाको चीत्कारले दुत्कार्छ कि स्वीकार्छ, समय पर्खनै पर्छ ।
आपूर्ति मन्त्रालय मात्र होइन, एमाओवादीले राष्ट्र हाँक्नुपर्ने दायित्व पाएको बेला त्यो पार्टीको सरकार सञ्चालकहरु दीनानाथ शर्मा र गणेशमान पुन जस्ता भष्मासुरहरु अगाडि आए भने देश सोमालियो नहोला भन्न सकिन्न । आपूर्ति मन्त्रालय जस्तो जनसरोकारको मन्त्रालय लिएर एमाओवादीले गरेको खेलबाडप्रति जनता आक्रोशित छन् ।
Loading...
Social Buttons