Latest News

ओसामा बिन लादेन अझै जिउँदै ! पाकिस्तानसँग मिलेर अमेरिकाले लुकाएको दाबी !!!

काठमाडौं, २५ माघ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेन जिउँदै रहेको समाचार सोमबार सार्वजनिक भएको छ ।
अमेरिकाको विशेष सुरक्षा बलले सन् २०११ मा गरेको आक्रमण क्रममा मारिएका लादेन जिवितै भएको खबर अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले सार्वजनिक गरेका हुन् ।
अमेरिकाबाट भागेर रुसको शरणमा बसिरहेका उनले मस्कोस्थित ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा लादेन जिवितै रहेको र उनी हाल बहामस भन्ने ठाउँमा बसिरहेको दाबी गरेका छन् । लादेन जिउँदै रहेको प्रमाण आफूसँग रहेको दाबीसमेत उनले गरेका छन् ।
उनले जासुसी एजेन्सी सीआइएबाट लादेनले अहिले पनि पैसा पाइरहेको बताए । ‘लादेनलाई अहिले पनि प्रति महिना एक लाख डलर सीआइएले उपलब्ध गराउँदै आएको छ,’ उनले भने । २०१३ मा अमेरिकाको जासुसी एजेन्सी सीआइएको गोप्य सूचना चुहाएपछि अमेरिकाका स्नोडेन भागेर रुसको शरणमा पुगेका थिए ।
सीआइएले पाकिस्तानी खुफिया एजेन्सी आइएसआइसँग मिलेर लादेनको मृत्युको कहानी बनाएको उनको आरोप छ । लादेन सीआइएको सबैभन्दा योग्य एजेन्ट भएकाले उनलाई नमारेर सूचना संकलनका लागि जिउँदै राखिएको दाबी गरेका छन् ।
उनले अमेरिकाको सिल कमाण्डोले लादेनलाई मारेको भए विश्वभर सीआइएको कामप्रति नकारात्मक सन्देश जाने र सीआइएको संगठनसमेत कमजोर हुने भनेका छन् । उनको यस्तो दाबीपछि विश्वभर नयाँ तरंग पैदा भएको छ ।
Loading...