Latest News

भर्खरैःमात्र सार्वजनिक भयो नेहा र सतिशबीच यस्तो थियो सम्बन्ध, फेसबुकबाट भयो खुलासा

माघ २५ ।


पोखराकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्याका अभियुक्त सतिश खड्गी र नेहा बीच उनको हत्या हुनु केहि दिन अघि फेसबुकमा मृत्यु सम्बन्धि कुरा भएको फेला परेको छ ।  नायिका नेहाका हत्यारा भनिएका सतिशले जनवरी ४ मा फेसबुकमा प्रोफाइल पिक्चर परिबर्तन गरेका थिए । सोहि फोटोको सतिशका साथीहरुले विभिन्न कमेन्ट गरेका छन् भने नेहाले पनि त्यसमा कमेन्ट गरेको भेटिएको छ  । 


कमेन्टमा नेहाले ‘

'(के यो माया हो प्यारो दाईहरु) लेखेकी थिईन । सो कमेन्ट नेहाका हत्यारा सतिशले लाइक गरेका छन् । सतिशले त्यसको उत्तर पनि दिएकी छिन् ।

अर्को कमेन्टमा नेहाले ‘हे राम मार्देउ मलाई’ लेखेकी छिन् भने   उक्त कमेन्टमा सतिशले उत्तर दिँदै तिमी नमर भो भनेका छन् । हेर्नुस उनीहरुबीच भएको फेसबुक कमेन्ट कुराकानी ।

त्यस्तै अर्को एउटा फोटोको कमेन्टमा भएको कुराकानी यस्तो छ ।
यसबाट यी दुईले एक अर्काबीच दाजु बहिनिको सम्बन्ध स्थापित गरेको देखिन्छ ।  तर सतिशले उनीसँग सेक्स प्रस्ताब गरेको र नेहाले प्रस्ताब अस्विकार गरेकाले सतिशले उनको हत्या गरेको खुलेको छ। उनले हत्या गरेको स्वीकारेका छन् ।

उनीहरु संगै घुम्ने, रेस्टुरेन्टमा संगै खाने गरेको फेसबुकमा भेटिएका फोटोबाट पुष्टि भएको छ ।
Loading...