Latest News

खुशीको खबर अघोशित नाकावन्दि शनिवारवाट अघोशित रुपमै खुल्ने भयो ; भारतीय परराष्ट्र मन्त्रालय

काठमाण्डु, २० माघ– प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासहित सरकारका मन्त्री तथा कतिपय राजनीतिक दलका नेताले भारतीय नाकाबन्दी केही दिनमै खुल्ने भाषण धेरैपटक गरिसके ।
kp-modi
तर अहिलेसम्म नाकाबन्दी जारी छ । आफूले भनेको समयमा नाकाबन्दी नहटेर होला नेताहरु अहिले त्यसबारे बोल्नै छाडेका छन् । सर्वसाधारणले आजै र भोलि नै नाकाबन्दी हट्छ भन्ने नेताका अभिव्यक्तिलाई मजाकका रुपमा लिन थालेका छन् ।
समावेशी समानुपातिक प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई प्रमुख आधार बनाउने गरी संविधान संशोधन भएपछि नाकाबन्दी खुल्ने दाबी नेताहरुको थियो । भारतीय पक्षले संविधान संशोधनको स्वागत गर्दै छिट्टै असहज अवस्था अन्त्य हुने बताएको थियो ।
तर संविधान संशोधन भएपछि पनि ७५ प्रतिशत सामान ढुवानी हुने वीरगञ्ज नाका खुलेको छैन । यसपटक भने भारतले दिन नै तोकेर नाकाबन्दी खुल्ने जानकारी नेपाली पक्षलाई गराएको छ । भारतीय परराष्ट्र मन्त्रालयले कुटनीतिक च्यानलमार्फत आगामी शनिबारबाट अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्ने सन्देश पठाएको हो ।
परराष्ट्रले उक्त खबर प्रधानमन्त्री केपी ओलीसम्म पनि पु¥याएको छ । ‘शनिबारबाट अघोषित नाकाबन्दी अघोषित रुपमै हट्ने सन्देश भारतबाट आएको छ’, प्रधानमन्त्री निकट स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘आशा गरौं यसपटक भारतले गरेको प्रतिबद्धता उधारो नहोला ।’
नाकाबन्दी नहटी भारत नजाने बताउँदै आएका प्रधानमन्त्रीको भारत भ्रमण आगामी फागुन दोश्रो साता गर्ने गरी तयारी भइरहेको छ । आफ्नो असहमतिबीच नेपालमा गत ३ असोजमा संविधान जारी भएपछि भारतले ७ असोजदेखि नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आएको छ ।
Loading...