Latest News

कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि न्युराे अस्पतालमा भर्ना !!!

सुशिल कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनी कोइरालाको पार्थिव शरिरमा श्रद्धान्जली दिएपछि उपस्थित काग्रेस नेताहरुसँग छलफलमा बसेका थिए।
 
छलफलबाट बाहिर आएर कोइरालाको निवासको प्राङगढमा करिव १५ मिनेटसम्म उपस्थित संचारकर्मीहरुलाई कोइरालाको निधन तथा उनले नेपाली राजनीतिमा गरेको योगदानबारे प्रतिक्रिया दिएका थिए। बोलिसकेपछि कोइराला निवासको प्राङगढबाट बाहिर निस्कने क्रममा आर्चाय बाटैमा लडेका थिए। उनलाई तत्कालै उठाएर कार्यकताहरुले बाँसवारीस्थित न्युराे अस्पताल लगेका छन्।
Loading...