Latest News

यी हुन यौन शोषणमा परेका चर्चित हिरोइन् !!!

bollywood-starsमुम्बई । सानै उमेरमा यौन शोषणको खबर अधिकांश हिरोइनको मुखबाट सुन्न पाइन्छ । भर्खरै मात्र बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पटक पटक यौन शोषण भएको कुरा सार्वजनिक गरेकी थिइन् ।
त्यसैगरी कैयौ ठूला हिरोइन छन्, जसले बाल्यकालमै यो पीडा भोग्नुपरेको छ । बाल्यकालको यो पीडालाई भुल्दै यी हिरोइन अहिले चर्चाको शिखरमा पुगेका छन् ।
कल्कि कोचलिनः कल्कि कोचलिनले आफ्नो कलाबाट एउटा अलग ठाउ पाएकी हुन् । ‘जिन्दगी ना मिलेगी दोबारा’ की यी हिरोइनले एक अन्तर्वार्ताका क्रममा आफू सानै छदा आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिईन् । उनले त्यसलाई जीवनकै नराम्रो अनुभव भनिन् । कल्किले यो पीडाबाट बाहिर निक्लिदै आफ्नो एक अलग्गै पहिचान बनाउन सफल भइन् ।
सोमी अलीः सोमी अलीको पहिचान खोज्दा बलिउड अभिनेत्रीको साथसाथै स्टार अभिनेता सलमान खानकी पूर्व प्रेमिका हुन् । पाकिस्तानी मुलकी सोमीले केही समय पहिले आफू पाँच वर्षको हुँदा यौन शोषण भएको कुरा बताएकी थिईन् । सोमी सानै उमेरमा घरेलु हिंसाको पनि सिकार भएकी थिइन् ।
अनुराग कश्यपः यौन शोषण हिरोइनसँग मात्रै भएको छैन् । चर्चित फिल्म निर्माता अनुराग कश्यप आफ्नो बाल्यकालमा कैयौ पटक यौनशोषणको सिकार बनेका थिए । अनुरागले आफूलाई त्यो पीडाबाट बाहिर आउन निकै अप्ठेरो थियो । तर, प्रयास गरे सम्भव भयो अगाडि बढे । भनेका छन् ।
sofiya
सोफिया हयातः सोफिया हयात मोडल र अभिनेत्रीका साथसाथै गायिका पनि हुन् । बेलायतमा जन्मिएकी सोफियाको कर्मथलो भने बलिउड रहेको छ । एक अन्तर्वार्ताका क्रममा सोफियाले आफ्नै काकाबाट १० वर्षको उमेर बलात्कृत भएको कुरा सार्वजनिक गरेकी थिईन् । उनी अहिले हट एण्ड बोल्ड तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहन्छिन् ।
अनुष्का शर्माः विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित अभिनेत्री अनुष्का शर्मा पनि यौन शोषणको सिकार भएकी थिइन् । अनुष्का रवि शंकरकी छोरी हुन् । महिला सशक्तिकरणको थुप्रै अभियानमा समेत अनुष्का सहभागी हुँदै आएकी छिन् ।
लेडी गागाः विश्वकै चर्चित गायिका लेडी गागा पनि यौन शोषणको सिकार भएको कुरा भर्खरै मात्र उनले खुलासा गरेकी थिईन् । स्टेज कार्यक्रममा उत्तेजक हाउभाउका साथ प्रस्तुत हुने गागाको १८ वर्षको उमेरमा बलात्कार भएको थियो । यो घटनाले उनलाई निकै कमजोर बनाएको तर, पनि संघर्ष गरेर आफ्नो स्टार बन्ने सपना साकार पारेको उनले बताइन् ।(एजेन्सीको सहयोगमा)
Loading...