Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. वि.सं. २०७२ माघ महिनाको २८ गते बिहीवार !!!

आजको पञ्चाङ्ग :  
सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ माघ महिनाको २८ गते बिहीवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघशुक्ल पक्षको तृतीया तिथी १५ बजेर २२ मिनेटसम्म उपरान्त चतुर्थी तिथी । पूर्वभाद्रपदा नक्षत्र १४ बजेर २८ मिनेटसम्म उपरान्त उत्तरभाद्रपदा नक्षत्र । शिव योग ०७ बजेर २२ मिनटसम्म उपरान्त सिद्ध योग । आनन्दादि योगमा मुद्गर योग, गर करण १५ बजेर २२ मिनेटसम्म उपरान्त वणिज करण । तदनुसार नेपालसंवत ११३६ सिल्लाथ्व । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको ११ तारिख । 
 
आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज सजिलोसँग काम भइहाल्न अल्लि गार्हो पर्ने देखिएको छ । आकस्मिक रुपमा खर्चका बहानाहरु बढ्ने र काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नपर्ने हुनसक्ने छ । सोँचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । केही हैरानीको बाबजुत पनि नियमित कार्यमा आंशिक लाभ मिल्नेछ । मान्यजनलाई भेट्गर्नको लागि यात्रा गर्नु, व्यवहारिक भूमिका निर्वाह गर्नु आदिमा खर्चको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । सरस्वतीको भक्तिभाव तथा बगलामुखीको दर्शन यहाँको लागि आज शुभकर हुनेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ । 
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि आज मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ भने राजनीति एवम् समाजसेवाको क्षेत्रबाट पनि सन्तोष पाउन सकिने छ । नोकरी तथा राजसेवामा पनि थप जिम्मेवारी निभाउने अवसर मिल्नसक्ने छ । उच्चवर्ग तथा मान्यव्यक्तित्त्वसँगको भेटघाटले महत्त्वाकांक्षी भावनाको बृद्धि गर्नेछ ।  भावी कार्ययोजनाको बारेमा पनि विचारविमर्श हुनसक्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ भने विद्वानजनको आर्शिवाद हितकर हुनेछ । 
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज राहतपूर्ण तथा पूण्यार्जन गर्नसकिने खालको दिन रहेको छ । धर्मकर्ममा मन जाने र आध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने भएकोले मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि लक्ष्मी कृपा बढ्नेछ । भौतिक पराक्रम गर्न पनि सक्नुहुने छ । तीर्थादि क्षेत्रको यात्राको सम्भावना देखिएको छ । महत्त्वपूर्ण कामको योजना एवम् थालनीको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक जन वा धार्मिक क्षेत्रमा सेवा सहयोग गर्नु आज यहाँको लागि पूण्यकर हुनेछ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । आज फजुलको सरोकार नराखी स्वकार्यमा लगनशील रहिरहनाले नियमित तथा स्वाभाविक लाभ भने गर्न सकिनेछ । बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ । 
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आजको दिन केही बाधाअबरोधको बाबजुत पनि आमोद–प्रमोदका क्रियाकलाप बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । विवाह योग्य युवायुवतीको लागि विवाह प्रस्तावको सम्भावना पनि रहेको छ । आज माङ्गलिक दोष हुनेहरुले उपयुक्त उपाय अबलम्बन गर्नु उचित हुनेछ भने यो राशि हुने अन्य सबैले माँ बगलामुखीको दर्शन भक्ति गर्नु हितकर हुनेछ ।   
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आजको दिन अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक बलबृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउनसकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ । सो“चेकै कार्यमा सफलता हातपार्नको लागि आफूभन्दा ठूलो व्यक्तिको मार्गनिर्देशन लिनु अझ हितप्रद हुनेछ ।  
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ ।  व्यवसायिक पक्षपनि मज्बुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । सन्तान अभाव वा दोष पर्नेहरुले निवारणको लागि गुरु बृहस्पति वा गुरुजनको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।  
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज अल्लि सजग हुनपर्ने दिन रहेको छ । ख्यालख्यालमै कसैसँग विवाद हुन पनि सक्ने छ ख्यालपुर्याउनु पर्ला ।  मानसिक संकिर्णता बढ्नसक्ने, पारिवारिक जिम्मेवारी तथा समस्या थपिने र अभाव सृजना हुनसक्ने आदि संघर्षको संकेत देखिएकोले सकारात्मक तरिकाले सामाना गर्न मानसिक बल बढाएर तयारीमा बस्नु उपयुक्त हुनेछ । केही आलोेचना पनि आउनसक्नेछ सहन गर्ने शक्ति बढाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्ग शुभ हुनेछ भने आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद लिनु हितकर हुनेछ ।
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आजको दिन शारीरिक स्फुर्तिबढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्णहुने तथा पौरख गर्नसकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरु पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरुले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज धनवृद्धियोग परेको हुनाले व्यवसायिक धन्दा बढ्ने र धनसम्पत्ति सञ्चय गर्न सकिने छ । मनोनुकूल भोज्यवस्तु प्राप्ति हुनेछ । कुटुम्बको सेवा गर्ने मौका मिल्नसक्नेछ । शिक्षण, संभाषण, प्रवचन आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूल रहनसक्ने छ । बोलीवचनबाट मान्छेहरुलाई प्रभाव पार्न सकिने तथा समर्थन मिल्ने हुनाले मन खुशी एवम् आनन्दित रहनेछ । समाज सेवाजन्य कार्य तथा संघसंस्था आदिको कार्यक्रम आदिमा सहभागी हुन पाइनसक्ने छ । परोपकार एवम् दानदातव्यजन्य आदि कार्यमा पनि आज यहाँको मन जानेछ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ । 
 
Loading...