Latest News

शुभ विहानीसँगै तपाईको आज !!! आज वि.सं. वि.सं. २०७२ माघ महिनाको २६ गते मङ्गवार !!!

आजको पञ्चाङ्ग :  
 वि.सं. २०७२ माघ महिनाको २६ गते मङ्गवार । श्री सूर्य उत्तरायण शिशिर ऋतु । माघशुक्ल पक्षको प्रतिपदा तिथी १९ बजेर २२ मिनेटसम्म उपरान्त द्वितीया तिथी । धनिष्ठा नक्षत्र १७ बजेर ०४ मिनेटसम्म उपरान्त शतभिषा नक्षत्र । वरियान योग १२ बजेर ५५ मिनटसम्म उपरान्त परिध योग । आनन्दादि योगमा उत्पात योग, किस्तुघ्न करण ०८ बजेर १२ मिनेटसम्म उपरान्त बव करण । तदनुसार नेपालसंवत ११३६ सिल्लाथ्व । योग संवत ३७ । ई.सं. २०१६ फेब्रुवरी महिनाको ९ तारिख ।  
आजको राशिफल
मेष राशिः 
मेष राशि हुनेहरुको लागि आज आयप्रद छ तथापि केही ग्रहबाधा पनि देखिएको छ । मुख्य कार्यमा आउने अदृष्य बाधाअबरोध निवारणको लागि पवनपुत्र हनुमानको भक्तिभाव तथा सेवाआरधना वा अन्य कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । बाँकी पक्ष ठिकै देखिएको छ । आज यहाँलाई कामकार्यले व्यस्त नै गराउने छ । इष्टजनसँग पनि भेट्घाट हुन र आफन्तजनको शुभसमाचार सुन्न पाइने दिन रहेको छ । व्यवसायबाट राम्रो लाभ हात पर्ने तथा सहयोग मिल्ने छ । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । 
 
वृष राशिः 
वृष राशिका व्यक्तिहरुको लागि आज जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ पनि हुनेछ । जसले गर्दा केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई गुरुजनको आर्शिवाद र भैरवदेवको सेवा शुभप्रद हुनेछ ।   
 
मिथुन राशिः 
मिथुन राशिका व्यक्तिहरुको लागि दिनले कोल्टे फेरेको छ तथापि कमजोरी खोज्नेहरू सक्रिय हुने देखिन्छ । यद्यपि विचारमा स्वच्छता आउने तथा आस्था र धार्मिक विचार बढ्नसक्ने छ तथापि कान्तिमा मलिनता देखिने र मानसिक भय पर्नसक्ने सम्भावना पनि छ । कार्यक्षेत्रमा माथिल्लो निकायबाट अपजश तथा दुःखकष्ट आइपर्ने सम्भावनालाई पनि नकार्न सकिन्न तरपनि हिम्मत बढाउन उपयुक्त हुनेछ । सत्प्रयत्नले कार्यक्षेत्रमा लाभ हातपार्न र अवरोध हटाउनसकिने छ । निष्ठा एवम् सिद्धान्तमा नचुक्नु नै तपाईको लागि आज परीक्षाको सफल बन्ने विषय हुनेछ ।  
 
कर्कट राशिः 
कर्कट राशिका व्यक्तिहरुको लागि आज विपरित रहेको छ, स्वास्थ्यमा समस्या देखिने तथा ईज्जत–प्रतिष्ठामा चुनौती थपिने र खर्च बढ्नसक्ने छ । कार्यमा विघ्नबाधा आइपर्ने, शत्रु सल्बलाउने जस्तो प्रतिकूलता आइपर्न सक्नेछ । आफ्नै बुद्धिले दुःख पाइनसक्ने पनि ग्रहगोचरले देखाइरहेको छ तसर्थ व्यवहारिक तरिकाबाट सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । आत्मबल बढाएर संघर्ष गर्नाले अन्तिममा सफलता मिल्नेछ । कार्यक्षेत्रमा अल्लि बढी परिश्रम गर्दा केही उपलब्धि आर्जन गर्न सकिएला । रोगी तथा दीनदुखीको सेवा सहयोगमा समयको सदुपयोग गर्नाले ग्रहको प्रतिकूलदोषलाई न्यूनिकरण गर्न मद्दत हुनेछ । 
 
सिंह राशिः 
सिंह राशि हुनेहरुको लागि आजको दिन सांसारिक एवम् भौतिक सुखपूर्ण रहनेछ । व्यापार व्यवसाय आदिबाट राम्रो आर्थिक लाभ गर्न सकिनेछ । भने विभिन्न खालका उपलब्धि हातपर्ने छ । आफन्तजनको सहयोग मिल्ने हुनाले भावि कार्यको लागि हिम्मत तथा साहस बृद्धि हुनेछ । दाम्पत्य तथा पारिवारिक दिनचर्यामा सुधार आउनाले मानसिक शान्ति महसूस हुनेछ । यात्रा, मनोरञ्जन एवम् सांस्कृतिक परिवेशको वातावरणसँग पनि नजिक हुन पाइएला । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने नवदम्पतिलाई उपहार दिनुले प्रतिष्ठा बढाउनेछ । 
 
कन्या राशिः 
कन्या राशि हुनेहरुको लागि आज केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु र भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । 
 
तुला राशिः 
तुला राशि हुनेहरुको लागि आज विद्याबल प्रदर्शन गर्ने संयोग पर्ने छ । बुद्धिको चतुर्याँईले केही हद्सम्म मान्छेहरुको मन आकर्षण गर्न पनि सकिने छ । अध्ययन अध्यापनका क्षेत्रमा ग्रहगोचर अनुकूल रहने भएकोले तथा समयको सदुपयोग गरेको खण्डमा विद्यार्थीले राम्रो प्रगति गर्नसक्ने देखिन्छ । सन्तानपक्षमा पनि गोचरले राम्रो टेवा दिइरहेको छ साथै सन्तानको तर्फबाट पनि सन्तोष प्राप्त गर्नसकिने छ । पाँच अंक, रातो रङ्ग यहाँलाई आज फाप सिद्ध हुनेछ । सन्तान नहुनेहरुले गरीब तथा असहाय बालबच्चाको लागि सहयोग गर्नु शुभप्रद हुनेछ । 
 
वृश्चिक राशिः 
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहगोचर उद्यत देखिन्छ । तसर्थ बैठक आदिमा सहकर्मी तथा मित्रवर्गसँग द्वन्द सृजना हुनसक्ने छ ख्याल पुर्याउनु पर्ला । चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ । 
 
धनु राशिः 
धनुराशि हुनेहरुको लागि आज हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्नसकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आर्शिवाद लिनु र भैरवदेवलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ ।  
 
मकर राशिः 
मकर राशि हुने व्यक्तिहरुको लागि आज सकारात्मक एवम् उपलब्धिमूलक रहने देखिएको छ । वाणीवृति हुनेहरुको लागि बोलीको प्रभाव राम्रो पर्ने गोचर परेको हुनाले बोलेर अरुलाई आकर्षण गर्न सकिनेछ । कोषमा धनधातु तथा खजाना भण्डारन गर्न सकिने योग परेको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि ग्रहले साथ दिएको छ । नातागोता तथा कुटुम्ब जनलाई स्वागत सत्कार गर्न पाइनेछ । आज यहाँलाई दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने गुरु गणपतिको स्तुति सिद्धिप्रद रहने छ । 
 
कुम्भ राशिः 
कुम्भ राशिका व्यक्तिहरुको लागि आज केही व्यवसायिक लगानीको अवसर तथा सहकार्यको प्रस्ताव आउनसक्ने छ । पार्टनर्शिपको काममा भने अल्लि ख्याल पुर्याउन पर्ने देखिएको छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । शुभेच्छुक तथा सहयोगी भेटिनाले मुख्यकाम सम्पादन गर्न मद्दत मिल्नेछ । व्यापार–व्यवसायबाट राम्रो लाभ हातपर्नाले मानसिक शान्ति एवम् सन्तुष्टि मिल्नेछ । आज यहाँलाई कोसेली तथा उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । स्वादिष्ट भोजन एवम् मनोरञ्जनपूर्ण वातावरणको सामिप्यता जुट्नसक्ने छ । व्यवहारिक कलाकौशलताले मान्छेहरुलाई प्रभाव पार्न सकिनेछ । 
 
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आज सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग नगरेमा अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नु मनासिव होला । यहाँको लागि आज ३ अंक र पहेंलो रंग हितकर हुनेछ भने गुरु गणपतिको श्रद्धाभक्ति विशेष हितकर हुनेछ । 
Loading...