Latest News

नेपाल र भारतमा शक्तिशाली भूकम्पको धक्का !!! त्राससंगै भागाभाग

काठमाडौं ।  सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का  महसुस भएको  छ ।
भारतको  पश्चिमबंगालस्थित मनिपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको  छ ।

पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश  भाग  तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं  उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।

समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही  भूभागमा भौतिक क्षति पुर्यारएको छ । क्षतिको विवरण भने आइसकेको  छैन।
Loading...