Latest News

निजी सवारीलाई बुधबारदेखि तीन दिन इन्धन दिइने !!! पुरा पढ्नुहोस्

काठमाडौं  ।
भारतीय आयल कर्पोरेसन्सले इन्धनको मात्रा बढाएपछि नेपाल आयल निगमले निजी सवारी साधानलाई बुधबारदेखि इन्धन बितरण गर्ने भएको छ ।
निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काका अनुसार इन्धन मौज्दात बढेकाले बुधबारदेखि तीन दिन इन्धन दिने योजना बनाएको हो । कान्तिपुर दैनिकमा समाचार छ  ।

तीन दिन निजी सवारी (कार/जिप) लाई १५ लाख लिटर इन्धन वितरण गरिने छ । उक्त इननध लटअनुसार बितरण गरिने खड्काले बताए ।
‘इन्धन मौज्दातको अवधिलाई हेरेर निजी सवारी (चार पाङग्रे)लाई बुधबारदेखि तीन दिन वितरण गरिनेछ,’ उनले भने, ‘ती सवारी साधनहरुलाई लटअनुसार वितरण गर्नेछौं ।’
निगमका अनुसार चार पाङग्रे सवारीलाई बुधबार, शुक्रबार र सोमबार वितरण गरिने छ । अहिले थानकोट डिपोमा १४ सय किलोलिटर पेट्रोल र ३ हजार ४ सय किलोलिटर डिजेल मौज्दात छ ।
Loading...