Latest News

नेपाल सरकारलाई विप्लव माओवादीको अर्काे कडा चुनौति !!!

काठमाडौं, १६ माघ । नेपाल सरकारलाई चुनौति दिँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेवाः स्वायत्त राज्य परिषद घोषणा गरेको छ ।
स्रोतका अनुसार विप्लव माओवादीको शुक्रबार काठमाडौंको पुतलिसडकस्थित एक गोप्य स्थानमा भएको भेलाले नेपाल सरकारको मन्त्रिमण्डलजस्तै काठमाडौंका कैलाश कुमार मास्केको संयोजकत्वमा नेवाः स्वायत्त राज्य परिषद घोषणा गरेको हो ।
परिषदलाई विप्लव माओवादीको जनसरकारको केन्द्रीय मन्त्रिमण्डलका रुपमा हेरिएको छ ।
परिषदको उपप्रमुखमा शान्ति तामाङ लामा चयन भएका छन् । भेलाले भक्तपुरका हरि क्षेत्री (अर्जुन थापा)को अध्यक्षतामा ४५ सदस्यीय जनप्रतिनिधी सभा समेत गठन गरेको छ । यसलाई सजिलो भाषामा संसद भनिन्छ । जसको सभामुखमा क्षेत्री चयन भएका हुन् ।
जनप्रतिनिधी सभाको उपसभामुखमा विकेश महर्जन चयन भएका छन् । भर्खरै भक्तपुरमा घोषणा भएको जनसरकार प्रमुख सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नेपाल सरकारलाई खुलेयाम चुनौति दिँदै सरकार र संसद घोषणा गरेको हो ।
Loading...