Latest News

अर्को साताबाट इन्धन सहज हुने, लाइनमा बस्न नपर्ने


आइतबार, १९ पुष
काठमाडौं । नेपाल आयल निगमले अर्को साताबाट इन्धन आपुर्तिलाई केही मात्रामा भए पनि सहज बनाउने भएको छ । निगमले अबको दुई साता पछि इन्धन लगभग सामान्य अवस्थामा वितरण सम्भव हुने पनि बताएको छ ।


भारतको इण्डीयन आयल कर्पोरेशनले मागेजती इन्धन दिने प्रतिवद्धता जनाएको र सोहै अनुसार ट्यांकर लोड भैरहेकाले चाँडै इन्धन सहज हुने निगमका प्रवक्ता मुकुन्द धिमिरेले बताए ।
उनका अनुसार भारतका बेतालपुर डिपोबाट पेट्रोल आपुर्ति बढाइएको र र एकै दिनमा सय बढी ट्यांकरलाई लोड दिइएको छ । अबको साता चार पांग्रे सवारीलाई पेट्रोल दिने र दुई पांग्रेलाई पनि नियमित रुपमा दिन थाल्ने तयारी भएको घिमिरेले बताए ।
उनले उपत्यका भन्दा बाहिर पनि इन्धन आपुर्ति बढाइने बताए । निगमसँग अहिले पनि थानकोट डिपोमा करिब ३३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल मौज्दात रहेको छ ।
nepalsandesh
Loading...