Latest News

बैंकर अनिल शाहको प्रश्न– के म बेचिएको हो त ? (भिडियोसहित )

Anil-Shah-dainiknepalकाठमाडौँ, १९ पुस । नेपालको पछिल्लो गञ्जागोल अवस्था हेर्दा कस्को मन नरोला ? नेपालको पछिल्लो परिस्थितिले देशका उद्योगी, व्यवसायी र पेशाकर्मीलाई त झनै दिक्कदार बनाएको छ । नेपालको पछिल्लो अबस्थाका बारेमा विरह पोख्दै मेगा बैंक नेपाल लिमिटेडका सिइओ समेत रहेका नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकेशरी शाहले भिडियो अपिल सार्वजनिक गरेका छन् ।
सामाजिक तथा युवावर्गका उत्प्रेरकको रुपमा समेत परिचित चिनिएका बैंकर शाहको राष्ट्र र राष्ट्रियताले ओतप्रेत भएको भिडियो युटुबमा सार्वजनिक गरिएको हो । भिडियोमा सिइओ शाहले भनेका छन ‘आज नेपाल जात, धर्म, भाषा यस्ता अनेक नाममा टुक्रा टुक्रा हुँदै गइरहेको छ । हामीमा सवैभन्दा पहिला ‘म नेपाली हुँ ’ भन्ने भावना आउनु आवश्यक छ । तर आज हामीबीच ‘म नेपाली’ भन्ने भावना हराउँदै गएको छ । जात–जाति, धर्म अनेक नाममा आज नेपाल खण्डखण्ड हुँदै गइरहेको छ ।’
कुनै समयको अखण्ड नेपाल आज अनेक नाममा टुक्रन खोजेको देख्दा शाहको मन अमिलो बन्न पुगेको छ । शाह आफूलाई नेपाली भएकोमा गर्व गर्दछन् । भन्छन– ‘रातो चन्द्र सूर्य र नेपालीपनामा गर्व गर्दछु ।’
तत्कालिन भिरकोटे राजा तारकबहादुर शाहका नाति हुन् अनिल केशरी शाह । आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदूत र पिता डा. नारायण केशरी शाह । ग्रिनलैंज बैंकबाट बैंकिङ क्षेत्रको जागिरे यात्रा सुरु गरी स्टयान्डर्ड चार्टड बैंकमा १३ वर्षको अनुभव संगालेर नबिल बैंकमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृत हुँदै हाल उनी ‘हलोदेखि हाइड्रोसम्म’ नारा रहेको मेगा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन । लगानी बोर्डका आमन्त्रित सदस्य रहेका शाह भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै आउने व्यक्तिमा पर्छन् । एक समय ‘म नेपाली’ नामको भ्रष्टाचारविरोधी अभियान समेत चलाएर चर्चामा रहे उनी ।
‘कस्को छोरा, कस्को बुवा, कस्को श्रीमान, कस्को साथी भन्दा पनि सबैभन्दा पहिला म आफूलाई नेपाली भन्न रुचाउँछु, रातो चन्द्र र सूर्यमा म यति गर्ब गर्छु, नेपालीपनामा म यति गर्ब गर्छु ।’, वर्तमान परिस्थितिप्रति कटाक्ष गर्दै उनी प्रश्न गर्छन् – ‘के म बेचिएको हो त ? यस्तो प्रश्न गरिरहन पर्दा मलाई दुःख लागिरहेको छ ।’
भिडियोमा शाहले भनेका छन ‘हाम्रो देशमा धेरै प्रकारका मुद्धाहरु छन नमिलेको । हाम्रा पुर्खाहरुले गरेको धेरै कुरा ठीक छैन् । तर पूर्खाले गरेको बेठीक भन्ने नाममा देशकै अस्तित्व मेट्नुलाई राम्रो अभ्यास मान्न सकिदैंन ।’
मधेशमा लामो समयदेखि चलिरहेको आन्दोलनप्रति शाहको सुझाव छ- ‘नेपालको समस्यालाई नेपालभित्र निकास खोज्नुपर्दछ । असोज ३ मा नयाँ संविधान जारी भएसँगै मधेशी मोर्चाले गरेको आन्दोलनप्रति असन्तृष्टि जनाउँदै शाहले भिडियोमा भनेका छन्– ‘देशै नरहे संविधान कहाँ रहला ?’
हेर्नुस् भिडियोः

Loading...