Latest News

नेपालगञ्जमा महिलाले तिम्ल्याहाँ बच्चा जन्माईन्

Nepaljung-baby
नेपालगञ्ज,  । बाँकेमा एक महिलाले एकसाथ तीन बच्चा जन्माएकी छिन् ।

शनिबार गनापुर गाविस–४ की ३० वर्षीय असिया खानले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा २ छोरा र एक छोरीलाई एकसाथ जन्म दिएकी हुन् । अस्पतालका अनुसार पहिलो र दोस्रोमा छोरा र तेस्रोमा छोरी जन्मिएकी थिईन् । तीनै शिशु स्वस्थ छन् ।
अस्पतालकी डाक्टर फरहत बानुले जन्मिएका शिशुमध्ये छोराहरूको तौल २ केजी र १ केजी ७० ग्राम र छोरीको तौल २ केजी १० ग्राम रहेको बताईन् । उनका अनुसार तीनवटै शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
यसअघि २ पटक गर्भ रहे पनि जिवित बच्चा जन्माउन नसकेकी असियाले एकै पटक तीन सन्तान जन्माएकी हुन् । 
Loading...