Loading...

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । अब दैनिक साढे १२ घण्टा लोडसेडिङ हुनेछ ।
सोमबारदेखि लागू हुनेगरि प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा लोडसेडिङ हुनेछ ।
यसअघि हप्ताको ७७ घण्टा थियो । हिउँदमा नदीमा जलक्षमता घट्दा भार बढेकाले लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ ।
Loading...
Social Buttons