Loading...
त्यतीबेलाको घटनाक्रम थियो–प्रधानमन्त्रीको निर्वाचन । सर्त अनुसार केही विचौलीयाहरुले पैसाको खोलो बगाउने हो भने कांग्रेस सभापति सुशील कोइरालालाई पुन प्रधानमन्त्रीमा निर्वाचित गराउने दाबी गरेका थिए ।
र सोहै योजना अनुसार नयाँ शक्ति भनेर दौडाहमा रहेका बाबुराम समुहका केही नेताहरुले एमाओवादीका आधा र राप्रपा नेपाल र राप्रपाका आधा सांसद किनेर कोइरालालाई निर्वाचित गराउने दावा गरेका थिए ।
त्यस बारेमा हल्ला र ९४ करोड भारतीय रुपैयाँको त्यसबेला नै चर्चा भएको थियो । योजना अनुसार भारतको लाइनबाट एमाले हुँदै एमाओवादीमा पुगेर टिक्न नसकी बाबुरामको हनुमान बन्न पुगेका रामचन्द्र झाले त्यसको नेतृत्व गरेको पुष्टी समेत भएको छ । र उनै रामचन्द्र झाले वर्तमान उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीलाई फोन गरि सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गराए पाँच अर्ब दिने र त्यसको तयारीमा लाग्न आग्रह गरेका थिए ।
उक्त कुरा हल्ला मात्रै नभएर स्वयं रायमाझीले खुलासा समेत गराएका छन् । एमाओवादीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकमा रायमाझीले खुलासा गरेका हुन् ।
रायमाझीले तत्कालीन एमाओवादी नेता झाले भारतले कुनै हालतमा ओलीलाई प्रधानमन्त्री बन्न नदिने र कोइराला निर्वाचित हुने लगभग पक्काा भएको अवस्थामा पाँच अर्ब रुपैयाँ लिएर सहयोग गर्न र महत्वपुर्ण जिम्मेवारी लिन भनेको बताए ।
उनले कम्तिमा २५ जना साँसदलाई मनाएर मत हाल्ने व्यवस्था गरे बापत उक्त रकम दिलाइदिने बताएका थिए । झाले प्रत्येक दलका सिवद्रोही सांसदहरुले कोइरालालाई मतदान गर्ने दाबी समेत प्रस्तुत गरेको कुरा रायमाझीले बैठकमा गरेको स्रोतले बतायो । रायमाझीलाई झाले हिन्दीमा कुरा गर्दै पैसाको महत्वका बारेमा बुझाउन खोजेका थिए ।
रायमाझीले उल्टै राष्ट्रियता पैसामा कहिल्यै साट्न नसक्ने जवाफ दिएपछि झा चुप भएका थिए । रायमाझीले आफु पार्टी हित विपरित कहिल्यै नजाने र पैसाकालागि राजनीति नगरेको बताउँदै यस्ता कुरा तपाईंहरुसँग मात्रै सरोकार हुन्छ भनेपछि झाले फोन काटीदिएको रायमाझीले बैठकमा सुनाएका थिए ।
बैठकमा मन्त्री रायमाझीले बाबुराम आफ्नो कार्यकर्ता भएको र आफ्नै कारण प्रधानमन्त्री भएको दाबी समेत गरेका थिए । उनले आफुले २०३४ सालमा र बाबुरामले ०३७ सालमा पार्टी सदस्यता लिएको र बाबुरामलाई आफुलेनै हिरो बनाइदिएको बताएका थिए ।
बाबुरामले नयाँ शक्ति अभियान चलाएपछि रायमाझीले बाबुरामको विरोध गर्दै आएका छन् भने एमाओवादी भित्र प्रचण्ड भन्दा बढी रायमाझी बाबुरामको विरोधी देखिएका छन् ।
रायमाझी एमाओवादी महासचिव कृष्णबहादुर महरा भन्दा पनि सिनियर हुन् । तर, पार्टीको आन्तरिक गुटका कारण उनी पछि परेका थिए । प्रष्ट वक्ताका रुपमा चिनिएका रायमाझीलाई जुझारु नेताका रुपमा लिइन्छ ।
Loading...
Social Buttons