Loading...
न्युरोडस्थित एक सुन पसलमा भएको चोरीमा संलग्न भएका दिलबहादुर पुन, उमेश तामाङ र सन्तोष बयलकोटीलाई प्रहरीले पक्राउ गर्ने क्रममा उनका आफन्त र साथीभाईले प्रहरीमाथि आक्रमण गरेका हुन् ।
चोर समूहको आक्रमणबाट प्रहरी नायब निरीक्षक गोपाल थापासहित केही प्रहरी घाइते भएका छन् । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले पनि जवाफी रुपमा एक राउण्ड फायरिङ गरेको थियो ।
प्रहरीले चलाएको गोली लागेर अमृत बयलकोटी घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
उनीहरुले अघिल्लो साता न्यूरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलबाट झण्डै एक किलो सुन चोरी गरेको प्रहरीको भनाई छ ।
Nepalsandesh
Nepalsandesh
Loading...
Social Buttons