Latest News

अर्को सातादेखि चाहिए जति तेल पाइने !!! पुरा पढ्नुहोस्

काठमाडौ । नेपाल आयल निगमले अर्का सातादेखि माग अनुसार तेल पाइने जनाएको छ ।
रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति क्रमश बढ्दै गएपछि तेलको आपूर्ती सहज हुने बताइएको छ । निगमले अर्को सातादेखि उपत्यकामा दैनिक मागअनुसार पेट्रोल वितरणको तयारी गरेको छ ।
‘दैनिक बरौनीबाट साढे तीन लाख, बेतालपुरबाट चार लाख र गोन्डाबाट चार लाख लिटर पेट्रोल ल्याउन खोजेका छौँ । त्यसअनुसार आयात भए उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटरका दरले वितरण गर्ने योजनामा छौँ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘तीनवटै डिपोले मागेजति तेल दिने सहमति गरेका छन् ।’
सामान्य अवस्थामा जस्तै बेतालपुर डिपोबाट भैरहवा हुँदै दैनिक चार लाख लिटर डिजेल आएको छ ।
दुई दिनयता पेट्रोल आएको छैन ।
पेट्रोल शुक्रबारदेखि लोड हुने र दैनिक चार लाख लिटर आउने निगम प्रवक्ता घिमिरेले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।
Loading...