Latest News

पूर्वउपराष्ट्रपति झाद्वारा भारतको नांगो दलाली

parmananda-jhaकाठमाण्डु, २३ मंसिर–पूर्वउपराष्ट्रपति परमानन्द झाले छिमेकी भारतले नेपालमा नाकाबन्दी गर्दै नगरेको जिकिर गरेका छन् ।

विराटनगरस्थित आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले भारतले नेपालमा नाकाबन्दी गरेको भन्ने गलत अफवाह फैलाइएको दाबी गरे ।
‘भारतले नेपालमा कुनै प्रकारको नाकाबन्दी गरेको छैन’, झाले भने, ‘मधेसीले आफ्नो अधिकारका लागि गरेको आन्दोलन बदनाम गर्न सरकार र सत्तारुढ दलले नाकाबन्दी भन्दै हल्ला गरेका हुन् ।’
उनले मधेसलाई अधिकार नदिने नियतका साथ भारतले नाकाबन्दी लगाएको प्रचार गरिएको बताए । यद्यपि त्यस्तो हल्लाले मधेसी जनताको अधिकार प्राप्तिको आन्दोलन नरोकिने उनको भनाइ थियो ।
यादवले भारतसँग जोडेर आन्दोलन बदनाम गराउने प्रपञ्च नरोकिएपछि मधेस केन्द्रित दलका नेता आन्दोलनबारे प्रष्ट्याउन भारत गएको तर्क गरे । मधेसी नेता भारतबाट फर्केपछि नाकाबन्दी हट्ने अनुमान गरिएकैबेला झाले भने आन्दोलन थप चर्कने भविष्यबाणी गरे ।
Loading...