Latest News

विश्व वर्ष ब्यक्ति’ सूचीमा परेका नरेन्द्र मोदीको हार, एन्जेला बनिन् वर्ष ब्यक्ति

काठमाण्डु, २३ मंसिर– अमेरिकाको चर्चित पत्रिका टाइमले गरेको यस वर्षको ‘टाइम पर्सन अफ दि इयर’ जर्मन चान्सलर एन्जेला मार्केल घोषित भएकी छन् । अनलाइन भोटिङका आधारमा अन्तिम आठमा परेकामध्ये मार्केल पहिलो राजाइमा परेकी हुन् ।
Capture
अन्तिम आठमा पर्ने अन्य विश्व चर्चित ब्यक्ति इस्लामिक स्टेट आईएसका प्रमुख अबु कबर अल बग्दादी, अमेरिकी राष्ट्रपतिका रिपब्लीक उम्मेदवार बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्प, ब्ल्याक लिस्ट म्याटर, इरानी राष्ट्रपति हसन रौहानी, ट्रेभिस कालानिक, क्याटिनार जेलन लगायतका रहेका थिए ।
वर्ष ब्यक्तिको छनोट सूचीमा परेका अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सि जिङ पिङ, फ्रान्सका राष्ट«पति फानकोन होलेन्डी, कम्प्युटर निर्माता माइकल डेल, ब्रिटिस सिङगर एडिली, फेसबुक निर्माता मार्क जुकरवर्ग, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने अन्तिम आठमा पर्न सकेनन् । नेपालमा अघोषित नाकाबन्दी गरेकाक ारण मोदीलाई हराउन विश्वभरका नेपालीले सामाजिक संजालमा अभियान नै चालेका थिए । मोदीलाई हराउन नेपाल, पाकिस्तान, चीन, श्रीलंका लगायतका देशका जनताले सामाजिक संजाल फेसबुक र ट्वीटरमा आग्रह गर्दै आएका थिए ।
एक वर्षमा सकारात्मक वा नकारात्मक रुपमा प्रभावित गर्नेहरुलाई यो उपाधि दिने गरिन्छ । जुन विश्वभर रहेका मानिसले गरेको अनलाइन भोटिङका आधारमा छनोट गर्ने गरिन्छ ।
Loading...