Latest News

आइएसले भारतमा युद्ध गर्ने घोषणा ; मोदीकै नाम लिएर गर्यो यस्तो निर्णय भारतमा खैलाबैला

isis islamic states
एजेन्सी– अहिले आतंक मच्याएर विश्वमा नै तहल्का मच्याएको आतंकवादी संगठन आइएसले भारतलाई कडा चेतावनी दिएको छ । इराक, सिरिया जस्ता देशमा आफ्नो पकड बनाएर आतंक मच्याइरहेको सो संगठनले पछिल्लो समय भारतमा आँखा गाडेको समाचार आइरहेको बेला भारतविरुद्ध युद्ध गर्ने संकेत आएको हो ।
आइएसले आफ्नो पुस्तक ‘फ्युचर इस्लामिक स्टेट ब्याटल्स’ मा नयाँ विश्य विरुद्ध व्विभरी लड्ने बताउँदै भारतविरुद्ध युद्धसम्मको योजना सार्वजनिक गरेको हो । उसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नै उल्लेख गरी हिन्दू राष्ट्रलाई तह लगाउने बताएको छ । उसले मोदीलाई हतियारको पूजा गर्ने र भविष्यमा आफ्ना मान्छेविरुद्ध युद्ध लड्न सिकाउने आरोप लगाएका छन् ।
गाइको मासु खाने मुस्लिमलाई हिन्दूले हत्या गरेको भन्दै उसले त्यसका विरुद्ध लड्ने बताएको हो । उसको योजना आक्रमण गर्नु र त्यहाँबाट भाग्नु रहेको छ । आक्रमणपछि प्रहरी, अनुसन्धानकर्ता लगायतको प्रयोग गरी लाखौँ करोडौँ पैसा खर्च गराउने र उनीहरुलाई आफ्नो पछि लगाउने रणनीति उसको रहेको सो पुस्तकमा उल्लेख छ ।
Loading...