Latest News

सेनासँग भिड्न तयार रहेको उपेन्द्र यादवको कडा चेतावनी

जनकपुर, मंसिर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार मधेस आन्दोलनलाई दमनबाटै ठेगान लगाउने रणनीतिका साथ अघि बढेको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार जनकपुरमा गरेको सभालाई सम्बोधन गर्दै यादवले सरकारले मदन गरे शसक्त प्रतिरोधका लागि तयार रहेको चेतावनी दिए । बन्दुकको नालबाट समस्या समाधान गर्न खोजिएको भयावह अवस्था आउनने उनको भनाइ थियो ।

यादवले एकीकृत सुरक्षा अभियानका नाममा मधेसीविरुद्ध नेपाली सेनालाई मैदान उतार्ने तयारी भएको भन्दै सेनासँग भिड्न तयार रहेको बताए ।

‘एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर सेना परिचालनमार्फत मधेसमा नरसंहार मच्चाउने तयारी गरेर सरकारले दोहोरो चरित्र देखाइरहेको छ’, यादवले भने, ‘मधेसी जनता बन्दुकसँग तर्सन्न्, सेना मैदानमा आए भिड्न तयार छौं ।’

राजनीतिक समस्याको निकास बल प्रयोगबाट नभई राजनीतिक तरिकाबाट मात्र सम्भव रहेको उनले बताए । यादवले पहाडमा भएको आन्दोलनको माग तत्काल सम्बोधन गर्ने तर मधेसीका कुरा नसुनेर सरकारले साम्प्रयादिय चरित्र प्रदर्शन गरेको आरोप लगाए ।

आफूहरुको नाका केन्द्रित आन्दोलनलाई भारतको नाकाबन्दीका रुपमा प्रचार गरेर जनतामा भ्रम सिर्जना गरिएको दाबी यादवको छ ।
Loading...