Latest News

केपी ओलीले पाए भारतले नाकाबन्दी हटाउन लागेको संकेत

kp oliकाठमाण्डु, १७ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी छिट्टै हट्ने दाबी गरेका छन् ।
मधेसी मोर्चाको मागबारे साझा धारणा बनाउन बिहीबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले नाकाबन्दी छिट्टै हट्ने संकेत पाएको बताए ।
उनले भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय अधिकारीहरु नाकाबन्दी हटाउन सकारात्मक देखिएको ब्रिफिङ गरेको एक नेताले बताए ।
‘भारतीयहरुसँग मेरो पनि कुराकानी भइरहेको छ’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नाकाबन्दी केही दिनभित्रै हट्ने संकेत पाएको छु ।’
बालुवाटार बैठकमा काँग्रेस नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाको समेत सहमतिमा केही हेरफेर गरेर अघि बढाउने सहमति भएको नेताहरुले बताएका छन् ।
काँग्रेस सरकारले समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव ल्याएको थियो ।
प्रदेश सिमांकनमा देखिएको विवाद समाधानका लागि भने उच्चस्तरीय राजनीतिक समिति बनाउने र सहमतिमा तीन महिनाभित्र विवाद मिलाउने सैद्धान्तिक सहमति तीन दलबीच भएको छ ।
Loading...