Latest News

स्थानीयले कुटे मोर्चाका कार्यकर्तालाई चार जना मोर्चाका कार्यकर्ता घाइते


रौतहट, २३ मंसिर । मधेशी मोर्चाका कार्यकर्ताको ज्यादती बढेको भन्दै रौतहटका स्थानीयले धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई कुटपीट गरेका छन् । रौतहटस्थित नेपाल–भारत सिमाक्षेत्रको मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताले कुटपीट गरेका हुन् । स्थानीयको कुटपीटमा चार जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

रौतहटको गौर र भारतको बैरगनिया जोड्ने पुलमा आयात र निर्यात ठप्प पार्न धर्नामा बसेका आन्दोलनकारीको ज्यादती बढेको भन्दै गौरका स्थानीयबासिन्दाले आक्रमण गरेका हुन् । गौर नगरपालिका–२ का रोहित साहले विवाहका लागि भारतको बैरगनियाबाट सामान किनेर ल्याउने क्रममा आन्दोलनकारीले मोटरसाइकलको पेट्रोल खन्याएपछि विवाद भएको केहीबेरमा नै स्थानीय आन्दोलनकारीबिरुद्व लागेका हुन् ।
Loading...