Latest News

जब पेरिसडाँडामा प्रचण्डलाई अख्तियारले चिठी काट्ने चर्चा चल्यो…

prachandaकाठमाण्डु, २ मंसिर– एकीृकत माओवादीको जारी केन्द्रीय समिति बैठकमा महासचिव कृष्णबहादुर महरालाई अख्तियारले बयानका लागि पत्र काटेको विषयले चर्चा पाएको छ ।
मंगलबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारले अख्तियारको पत्रकाबारे पार्टी धारणा मागेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसबारे संक्षिप्त भनाइ राखेका थिए ।
दनुवारले पहिलो चरणमा महासचिव महरासहित २९ विशिष्ट व्यक्तिविरुद्ध पत्र काटेको अख्तियारले अर्को चरणमा अध्यक्ष प्रचण्डलाई नै बयानका लागि बोलाउने तयारी भएको भन्दै बाह्य हल्ला के हो भनी प्रश्न गरे ।
‘फेसबुकभरी अध्यक्ष कमरेडको पनि पालो आउँदैछ भनेर हल्ला चलाइएको छ’, उनले भने, ‘त्यसबारे पार्टीको धारणा के छ अध्यक्षले केन्द्रीय समितिलाई जानकारी गराउनुपर्छ ।’
दनुवारको जिज्ञाशाको जवाफमा अध्यक्ष प्रचण्डले अख्तियारले अहिलेकै समयमा महत्वपूर्ण राजनीतिक व्यक्तिलाई छानीछानी पत्र पठाउनुलाई सामान्य अर्थमा बुझ्न नसकिने बताए ।
‘सामान्य अवस्थामा भए यो ठूलो विषय होइन’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘जुन समयको छनौट गरियो र संवेदनशील जिम्मेवारीमा काम गरेका नेता र सुरक्षा अधिकारीलाई एकैचोटि बोलाउनुलाई सामान्य रुपमा लिन सकिँदैन ।’
मुलुकको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई बयानका लागि बोलाउँदा समेत अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अन्य आयुक्तसँग छलफल नगर्नुलाई पनि आश्चर्यजनक भने ।
प्रचण्डले बुधबारको तीन दल बैठकमा अख्तियारको पत्रबारे छलफल हुने जानकारी दिए ।
Loading...