Loading...
काठमाडौँ, १६ पुस ।
झन्डै चारमहिनादेखि जारी भारतीय नाकाबन्दी खुल्ने भएको छ । नेपाली अर्थतन्त्र धरापमा परेको र कालाबजारिया मात्र मोटाएको पाइएपछि अन्ततः यसपटक भारत सरकार नाकाबन्दी खोल्न तयार भएको देखिएको छ । यही हप्ता नाकाबन्दी खोल्ने मनस्थितिमा भारत पुगेको छ ।
‘दुई महिनाका लागि नाकाबन्दी खुल्नेछ,’ स्रोतले भन्यो, ‘यो दुईमहिनामा पनि नेपाल–भारत सम्बन्ध सुधारका लागि कुटनीतिक पहल नेपालले गरेन भने फेरि अघोषित रुपम्रै नाकाबन्दी हुनेछ र त्यतिखेर सत्ता परिवर्तनकै खेलसम्म भारतले खेल्नेछ ।’ स्रोतका अनुसार, दुईमहिना नाकाबन्दी खुलेपछि मुलुकमा अरु राजनीतिक उतारचढावसँगै सत्ता परिवर्तनसम्मका खेल हुनेछन् ।
नेपाली काँग्रेसको सरकार हुँदा नै मुलुकमा नाकाबन्दी सुरु भइसकेको थियो । भारतले भनेको खुरुक्क मानेर सुशील कोइरालाले अविजित राजनीतिक यात्रा र हात पर्ने लागेको राष्ट्रपतिको गिफ्ट ह्याम्पर पनि अस्वीकार गर्दै प्रधानमन्त्रीको उम्मेदवार बनेपछि बिग्रिएको राजनीतिक असन्तुलतको सिकार मुलुक भएको हो । नेकपा (एमाले) र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्नै नचाहेको भारत र उसको इशारामा मुलुकलाई भूमरीमा फसाउने काममा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवसमेत लागेपछि प्रधानमन्त्री कोइराला यसैको जादूमा लठ्ठिँदा मुलुक यो अवस्थामा आइपुगेको हो ।
मधेस आन्दोलन, सीमामा बसेर गरिएका हिंसात्मक कार्यसँगै काठमाडौँमात्र होइन मधेसकै निम्न वर्गका नागरिकसमेत शितलहरको सिकार बने भने नेपालका सीमामा भएका भारतीय चुनावमा पनि हार खानु परेपछि भारतीय जनता पार्टी (बिजेपी)को पनि राजनीतिक परीक्षण भयो । बिहार चुनावमा हारेको रिस फेर्न नाकाबन्दी लम्ब्याए पनि अन्ततः काठमाडौँस्थित भारतीय दु्तावासका कर्मचारी, भारत सरकार र मधेसी मोर्चा ओली सरकारलाई डगमगाउन असफलजस्तै देखिएपछि दुई महिनाका लागि नाकाबन्दी खोल्ने र यो बीचमा नेपाली काँग्रेसको १३ औँ महाधिवेशन, राजनीतिक दलहरुको नयाँ समीकरणको सम्भावनाका लागि निकै कसरतमा जुट्ने बुझिएको छ ।
भारतले बुझ्न नसकेको विषय चैँ के हो भने जबसम्म एमालेमा सरकार परिवर्तनबारे छलफल हुँदैन, एमाओवादी र २५ सिटको राप्रपा नेपाल एक भइरहन्छन्, एक दुईसिटे ‘इधरउधर’ हुँदैमा ओली सरकार ढाल्ने भारत र काँग्रेसको सपना सफल हुनै सक्दैन । दुई महिना नाकाबन्दी खोल्ने उसको निर्णय नेपाललाई अप्ठेरोमा पार्ने र सरकार फेर्ने त परको विषय, तत्काललाई ओली सरकारसँग भारतको आत्मसमर्पण नै भन्दा फरक पर्दैन ।
Loading...
Social Buttons