Latest News

कुकुरको मासु खाँदा तीनको मृत्यु

dog meat
कम्बोडिया: विषाक्त कुकुरको मासु खाई तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको यहाँका क्रेटी प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।
 उक्त विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
एक जना वृद्ध, उनकी बुहारी र उनीहरुका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताएका हुन् ।
उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ । मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो ।
यसैबीच मृतकहरुको अन्तेष्ठीमा उपस्थित भएका अरू गाउँलेले पनि बाँकी उक्त दूषित मासु खाएको र मासु खाएका कारण सहभागी सबै बिरामी परेको प्राप्त समाचारमा उल्लेख छ ।
मासु खाएपछि शरीरमा आलस्यता तथा रिङ्गटा लागेपछि उनीहरुका आफन्तले बिरामी सबैलाई अस्पताल पु¥याएको जनाइएको छ ।  बिरामीमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
रासस/सिन्ह्वा
Loading...