Latest News

मधेस आन्दोलनबारे झलनाथ खनालको यस्तो सनसनीपुर्ण खुलासा

चितवन, २२ मंसिर– नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तराई आन्दोलनमा बाह्य स्वार्थ जोडिएको बताएका छन् ।
jhalanath-khanalमंगलबार साँझ चितवनको सौराहामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक स्वार्थ भएकाले अहिलेसम्म समस्या समाधान भइसक्ने भएपनि बाह्य स्वार्थले गर्दा कुरा मिल्न नसकेको बताए ।
उनले तीनवटा सङ्कट सहजरुपमा पार गरेको उल्लेख गर्दै यो चौथो सङ्कट पनि सहजरुपमा समाधान हुने विश्वास व्यक्त गरे ।
अर्का नेता माधवकुमार नेपालले मधेस आन्दोलनको औचित्य नभएको दाबी गर्दै एमालेलाई मधेस विरोधी दल भनेर गलत प्रचार गरिएको बताए ।
मधेशवादी दलहरुले संविधानले जनतालाई दिएको अधिकारलाई गलत प्रचार गरेर भ्रममा पारिरहेको बताउँदै उहाँले स्पष्ट अवधारणासहित जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता भएको उल्लेख गरे ।
यसैबीच महासचिव ईश्वर पोखरेलले सौराहामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा भारतले नाकाबन्दी लगाएर गम्भीर गल्ती गरेको उल्लेख गर्दै मधेशवादी दलले जनतालाई दुःख दिएर गरेको आन्दोलनको कुनै तुक नभएको उल्लेख गरे ।
Loading...