Latest News

श्रीलंकाले यसरी तोड्यो भारतको घमण्ड !

Modi-bikramansinghe
कोलम्बो, २३ मङ्सिर । भारतले गरेको आर्थिक सम्झौता प्रस्ताव श्रीलङ्काले अस्वीर गरेको छ ।
बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेले भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने कुरा संसद बैठकमा जानकारी समेत गराउनुभएको छ ।
भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो । सो सम्झौता नगरिने जानकारी श्रीलङ्काली प्रधानमन्त्रीले बुधबारको संसदमा दिनुभएको छ ।
साथै उहाँले भारतले अघि सारेको सो सम्झौतामा हस्ताक्षर नगरी श्रीलङ्काले अलग्गै आर्थिक तथा प्राविधिक सम्झौता गर्ने नयाँ प्रस्तावका बारेमा कुरा चलाएको पनि उहाँले बताउनुभयो ।
साथै उहाँले यस्तै प्रकारको सम्झौता श्रीलङ्काले चीन सरकारसँग पनि गर्न लागेको जानकारी दिनुभएको हो । श्रीलङ्काले चीन सरकारसँग सम्बन्ध बढाएपछि भारतलाई धक्का लाग्ने निश्चित छ । अर्काे शब्दमा भन्दा श्रीलङ्काले भारतको घमण्ड तोडेको छ ।
त्यसैगरी श्रीलङ्काको विपक्षी दलका एकजना सदस्य दिनेश गुणवर्धनेले पनि भारतसँग सो सम्झौता नगर्न र गर्नैपरे विपक्षी दलसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । रासस/सिन्ह्वा
Loading...