Latest News

गर्लफ्रेण्डसँग झगडा भएपछि युवकले यसरी काटे आफ्नै लिंग

रिसको झोँकमा मानिसले के के गर्न सक्छन् हँ ? एकजना युवकले आफ्नै यौनांग धारिलो हतियारले छिनालेका छन् ।
घटना हो टर्कीको । दक्षिणी टर्कीको मर्सिन सहरका एक युबकले आफ्नी गर्लफ्रेण्डसँग झगडा परेको झोँकमा आफ्नै यौनांग काटेका हुन् ।
एचबी नामको छोटकरी नाम उल्लेख गरिएका ती २१ वर्षे युवले सडकमा खानेकुरा बेच्ने काम गर्थे । आफ्नी गर्लफ्रेण्डसँग उनको फोनमै निकै वादविवाद र झगडा परेको थियो । गर्लफ्रेण्डसँग फोनमा झगडा गरेर फोन राख्ने बित्तिकै ती युवकले सुरुवाल तल झारेर र एकाएक धारिलो चक्कुले आफ्नो लिंग च्वाट्टै छिनाले ।
यद्यपि भिडियो फुटेज त्यति प्रष्ट छैन तथापि प्रत्यक्षदर्शीहरुका अनुसार दिनदहाडै ती युवकले मध्य सडकमा आफ्नो लिंग छिनालेका हुन् ।
प्रत्यक्षदर्शीले खबर गरेपछि तत्कालै त्यहाँ सादा पोशाकका सुरक्षाकर्मी आएर उनलाई समाते र छिनालेको लिंग समेत लिएर उनलाई अस्पताल पूराए ।
मेरिन युनिभर्सिटी मेडिकल हस्पिटलमा उनलाई भर्ना गरियो । डाक्टरहरुले छिनालिएको लिंग तत्कालका लागि गाँस्न त सफल भएका छन् र त्यसले काम गरिहाल्छ भन्नेमा उनी उनीहरु ढुक्क छैनन् ।
गर्लफ्रेण्डसँग के कुरामा झगडा परेको र झगडापछि किन त्यस्तो आत्मघाती काम गरेको भन्ने विषयमा ती युवकलेकेहीपनि बोलेका छैनन् ।
Loading...