Latest News

भारतमा रहेको पूर्व राजाका नातेदारहरु मोदीलाई भेट्दै, राजपरिवारसँग नाता पर्नेहलाई नाकाबन्दीविरुद्ध एकजुट हुन आव्हान

नयाँ दिल्ली, एजेन्सी । नेपालको पूर्व राजपरिवारसँग वैवाहिक सम्बन्ध रहेका भारतीय राजघरानाहरुले नाकाबन्दीविरुद्ध नेपाललाई सहयोगका लागि एक हुन आव्हान गरेका छन् ।
अवागढका राजघरानाका कुँवर नरेन्द्र सिंहले यो पहल गरेका हुन । सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै नेपालका राजघरानाका व्यक्तिहरु समेत ‘गुईंठो’ले चुल्हो बाल्न बाध्य भएको दयनीय अवस्था रहेकोले नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका थिए  ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, दिवंगत पूर्व राजा बीरेन्द्र बिक्रम शाहका नातेदार नरेन्द्र सिंहको घरमा आइतबार उनकी बहिनी शशिप्रभाले नेपालबाट फोन गर्दै अवस्था दयनीय भएको बताएकी थिइन । “बहिनी शशिले भने अनुसार नेपालको अवस्थ निकै ह््रदयविदारक रहेको छ । राजमहलमा गोबरका गुईंठाहरुमा रोटि सेक्नु परिरहेको छ । बिजुली, खाद्यान्न, ग्यास, डिजललगायतका कुराको संकटल आम जीवन तहसनहस भएको छ ।”
नरेन्द्र सिंहले प्रधानमन्त्रीलाई पत्र लेख्नुका साथै नेपालसँग नातेदारी भएका सब राजघरानाहरुलाई एकजुट हुन समेत अपील गरेका छन् ।
कश्मिरका डा. कर्ण सिंह, ग्वालियरका सिंधिया परिवार, छत्तीसगढका सरभुजा राजघराना, जोधपुरका राजपरिवारसहित भारतका कैयन राजपरिवारहसँग नेपाली पूर्व राजघरानाको नाता रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नरेन्द्र सिंहका अनुसार, सबै राजघरानाका व्यक्तिहरु एकजुट भएर प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ ।
Loading...