Loading...
अभियानमा जिल्लाका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि समेतले साथ दिएका थिए। मन्थलीको मदन भण्डारी सालिक चोकदेखि बसपार्कसम्मको अभियानमा कलाकारको जोडीले बीचबीचमा धुर्मुस र सुन्तलीको शैली झिक्दै सर्वसाधारण जम्मा गर्ने कोसिस गरे ।
उनीहरूको अभियानलाई आवश्यक पर्ने सामग्री खानेपानी तथा स्वच्छता समन्वय समितिले व्यवस्थापन गरिदिएको थियो । देशव्यापी रुपमा सरसफाइ सम्बन्धी चेतना फैलाउने उद्देश्यअनुरुप रामेछापबाट अभियान थालेको कट्टेलले बताए।
Loading...
Social Buttons