Latest News

“सर्लाहीमा मानव अधिकार रक्षकमाथि आक्रमण बर्बर र अमानवीय”– मानव अधिकार आयोग

काठमाडौं, मंसिर १८ । सर्लाली नवलपुरको जुटपानीमा मानव अधिकारका आयोगको अनुगमन टोलीमाथि आक्रमण गरेको घटनाको आयोगले भत्र्सना गरेको छ ।
National_human_rightआयोगले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगबाट मानव अधिकार अधिकृत नितु गड्तौलाको नेतृत्वमा मधेश आन्दोलनको अनुगमनमा खटिएको मन्दिरा श्रेष्ठ, विभा ढुङगाना र श्रीराम कार्की लगायतको टोलीमाथि २०७२ मंसिर १७ गते सर्लाही नवलपुरको जुटपानीमा आन्दोलनकारीले आक्रमण गरी गाडी, क्यामरा, महत्वपूर्ण कागजपत्र र अनुगमनमा प्रयोग गरिने ज्याकेट जलाइदिएको घटनाको भत्र्सना गरेको जनाएको छ ।
आयोगको मंसिर १८ गते बसेको आकस्मिक बैठकपछि विज्ञप्ती जारी गर्दै आयोगले आन्दोलनकारी मोर्चाका केन्द्रीय नेतृत्व स्वयमले आयोगमा उपस्थित भई मधेश आन्दोलनको निरन्तर अनुगमन गरिदिन लिखित तथा मौखिक अनुरोध समेत गरिएको सन्दर्भमा यस किसिमका वर्वरतापूर्ण घटना हुन जानुबाट आयोग गम्भीर भएको जनाएको हो ।
विज्ञप्तीमा अगाडि उल्लेख छ ः
नेपालको संविधान, नेपाल पक्ष भएको मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र १९९८, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी र प्रचलित कानून विपरीत सर्वसाधारण, संचारकर्मी मानव अधिकार रक्षक र मानवीय सेवामा खटिएका व्यक्तिमाथि आक्रमण, तोडफोड र आगजनी गर्ने तथा क्षति पु¥याउने व्यक्तिहरुको सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषी माथि कानूनबमोजिम कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।

विगतमा पनि अनुगमनको कार्यमा कहि कतैबाट व्यवधान नपु¥याइएको तथ्य स्मरण गराउँदै हालको आन्दोलनमा बिरामी बोकेका एम्बुलेन्स जलाउने, जिउँदै मान्छे जलाउने र औषधि बोकेको सवारी साधन जलाउने जस्ता कार्यको आयोग निन्दा समेत गर्दछ । समस्त मानव अधिकार रक्षक विरुद्घ भएको यस्ता आक्रमणका दोषी पत्ता लगाउन आन्दोलन आव्हनकर्तालाई आयोग आग्रह गर्दछ ।
साथै, जीवनको अधिकार, स्वास्थ्य, शिक्षा, खाद्यान्न लगायतका आधारभूत सेवामा अवरुद्व गर्ने र मानव अधिकार रक्षक, संचारकर्मी र मानवीय सेवामा कार्य गर्ने व्यक्ति तथा निकायको सुरक्षा र संरक्षण गर्नका लागि आयोग नेपाल सरकार र सम्बन्धित निकायहरुको  ध्यानाकर्षण गराउँदछ ।संविधान प्रदत दायित्व निर्वाह गर्नसक्ने वातावरण नभएसम्मका लागि आयोगले हाल अनुगमनमा रहेका टोलीलाई यथास्थानबाट फिर्ता बोलाएको छ ।तराई मधेशमा भइरहेको आन्दोलनको बारेमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समूदायले पटक–पटक चासो व्यक्त गरिरहेको सन्दर्भमा यस्ता घटनाबाट आन्दोलनको क्रममा आयोगबाट भइरहेको स्वतन्त्र अनुगमनको कार्यमा समेत गम्भीर प्रभाव परेको आयोगको निष्कर्ष छ ।
Loading...