Latest News

रक्सौलमा ग्यासका बुलेट चुहिन थाले, भयंकर विष्फोटको उच्च जोखिम

nepal_news1446386400-parsa_gassकाठमाण्डु, १९ मंसिर– लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् । बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका बुलेट चुहिएको जानकारी दिए । रक्सौल बजारबाट करिब पाँच सय किलोमिटरको दूरीमा ग्यासका एक सय ९० वटा बुलेट रोकिएका छन् । तीमध्ये एचआर.६९ डी ६८२०, एचआर.५५आर ८८७३ र आरजे.१४ जी १७३३ नम्बरका तीनवटा बुलेटबाट ग्यास चुहिएको हो । चुहिएका मध्ये दुईवटा बुलेटलाई सामान्य मर्मत गरिएको खनालले बताए । ‘दुईवटा बुलेटमा चिनी, साबुन र चुनाको पेस्ट बनाएर टालिएको छ,’ उनले भने, ‘यो प्राथमिक मर्मतसम्भार मात्र हो ।’ एउटा बुलेटबाट धेरै ग्यास चुहिएकाले पछुवा भन्ने स्थानमा पु¥याइएको जानकारी पाएको उनले बताए । नयाँ पत्रिकाबाट -
Loading...