Latest News

बहुविवाह गरेकी सांसदद्वारा पूर्वपतिलाई यस्तो धम्की

काठमाण्डु, १९ मंसिर– गत साता मात्र नेपाल प्रहरीका नायब उपरीक्षकसँग दोश्रो विवाह गरेकी काँग्रेस सभासद ओमदेवी श्रेष्ठले पूर्वपति किरण् ाजोहीलाई आफूविरुद्ध मिडियाबाजी गरेको भन्दै धम्क्याएकी छन् ।
omdevi 1
श्रेष्ठले गत शुक्रबार मध्यबानेश्वरस्थित एक पार्टी प्यालेसमा सीमित नेता र केही प्रहरी अधिकारीको उपस्थितिमा दोश्रो विवाह गरेकी थिइन् । काठमाण्डु टुडेडटकमले तस्वीरसहित विवाहको समाचार प्रकाशित गरेको थियो ।
पछि केही अनलाइन पोर्टल र साप्ताहिक पत्रिकामा समेत त्यसबारे ससमाचार आएपछि श्रेष्ठले श्रीमानलाई धम्की दिएकी हुन् ।
जोशीका छिमेकी ज्ञान महर्जनले ओमदेवीले आफूविरुद्ध समिडियाबाजी गरेको भन्दै पूर्वपतिलाई धम्की दिएको बताए । ‘विवाहका बारेमा समाचार आएपछि ओमदेवीजीले आफ्नाबारेमा समाचार लेखाएको भनेर धम्की दिनुभएछ’, महर्जनले काठमाण्डु टुडेसँग भने ।
जोशी भने सम्पर्कमा आउन चाहेनन् । ‘जे भयो भने उसको जीवन आफ्नै ढंगले बितोस, म मेरै ढंगले बिताउँछु’, सम्पर्कसूत्रसँग जाशीले भने ।
उनका अनुससार ओमदेवीले आफूलाई आफ्नो बाटो हिंड्न दिन भन्दै पूर्वपतिलाई आफ्नै बाटो हिंड्न भनेकी छन् ।
श्रीमानको करोडौं सम्पत्ति कुम्ल्याएर एक वर्षयता डिएसपी ढकालसँग लिभिङ टुगेदरको सम्बन्धमा थिइन् । ढकालले पनि पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद नगरी बहुविवाह गरेका हुन् ।
Loading...