Loading...
शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मि दशगजा मिचेर बाँध बनाएका हुन् ।
भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् । भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताउनुभयो ।
टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी हुनुहुन्थ्यो । रासस
Loading...
Social Buttons