Latest News

दीपक विष्टलाई छैटौं डान

Deepak-Bista२३ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ ।
पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे ।
विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली पुरुष खेलाडी हुन् ।
Loading...