Latest News

बसन्तपुरमा किशोरीमाथि एसिड हान्ने युवकलाई १० वर्ष जेल सजाय

काठमाडौँः जिल्ला अदालत काठमाडौँले २०७१ फागुन १० गते वसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई १० वर्ष जेल सजाय सुनाएको छ ।
०७१ फागुन १० गते बिहानै ट्युसन पढ्न गएकी संगीता मगर र सीमा बस्नेतमाथि विकले एसिड फ्याँकेर भागेका थिए । जिल्ला न्यायाधीश हरिप्रताप केसीको एकल इजलासले विकलाई ज्यान मार्ने उद्योग अन्तर्गत १० वर्ष कैद सजाय सुनाएको हो ।  किशोरीमाथि एसिड फ्याँकेर भागेका विकलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा दस वर्ष कैदको माग दाबी गर्दै  सरकारले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
२० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको झोकमा एसिड आक्रमण गरेको प्रहरी सँगको बयानमा बताएका थिए ।
प्रहरी अनुसन्धानले प्रेममा असफल भएको झोकमा विकले किशोरीमाथि एसिड आक्रमण गरेको तथ्य सार्वजनिक भएको थियो । रामेछापको फुलासी ८ का विकले सामाजिक विभेदका बारेमा आमाबुबामाथि भएको अपमानको बदलामा एसिड आक्रमण गरेको बताएका थिए । एसिड आक्रमणमा परी हिमु मुखर्जी र संगीता पुलामीमगर समेत घाइते भएका थिए ।

यस्तो छ, एसिड आक्रमणको नालिबेली

Loading...