Latest News

मधेसी मोर्चाले आज २२ जिल्लामा विधेयक जलाउने, आन्दोलनलाई गति दिँदै

Morchaकाठमाडौं, ५ पुस । विगत चार महिनादेखि तराई मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन केन्द्रित गर्ने भएको छ ।
संविधानको मस्यौदाको प्रति तराई मधेसका २२ जिल्लामा जलाउने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘आज तराई मधेसका २२ जिल्लामा संविधान संशोधनको विधेयकलाई जलाउने छौँ’, उहाँले भन्नुभयो, ‘विधेयक जलाउन मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरू दिनभरि व्यस्त हुनुहुनेछ ।’
मधेसी मोर्चाले सरकारले सदनमा अगाडि बढाएको संविाधन संशोधनको विधेयकप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेको छ । मोर्चाले आफ्नो आन्दोलनलाई फेरि चर्काउने संकेत गरेको छ ।
Loading...