Latest News

“नेपालभित्र भारतीय नम्बर प्लेटका गाडी चलाउन तत्काल रोक लगाउनु पर्दछ”– डा. बाबुराम भट्टराई

baburam“सुगौली सन्धिदेखि निदाउन बाध्य पारिएको उत्पीडित नेपाली राष्ट्रको देशभक्तिको भाव अब क्रमशस् ब्यूझ्न थालेकोमा असाध्यै हर्षित छौं । हे पञ्चमार्गी दलाल र कायरहरू हो, अब तिमीहरूले जतिसुकै षड्यन्त्र र जालझेल गरे पनि देशभक्त भिमसेन थापाहरूले आत्महत्या गर्नेवाला छैनन् ।”
यो भनाई बाबुराम भट्टराईको हो । बाबुराम भट्टराईले भारतीय विस्तारवादले मधेसलाई अघि सार्दै नेपालमा हस्तक्षेप बढाउँदै लगेको मा चर्को आक्रोश पोखे । उनले भने, “त्यतिबेला सफल हुन नसकेको बृहद् संयुक्त मोर्चाको अवधारणालाई अब कार्यान्वयन गरेर तिमीहरूलाई र तिम्रा भारतीय विस्तारवादी मालिकहरूलाई दक्षिण एशियाबाटै लखेटिछाड्ने छन् ।”
भट्टराईले अगाडि भने, “वर्तमान प्रकरणमा तराईको प्रश्नलाई गलत ढंगले तान्ने र पहाड र तराईका नेपाली जनताबीच फाटो पारेर प्रकारान्तरले भारतीय विस्तारवादलाई सहयोग पुर्‍याउने जुन प्रयत्न भइरहेछ, त्यसलाई बेलैमा बुभ्न र परास्त गर्न जरुरी भएको छ ।”

पाठकहरु तपाईहरुले चुट्किला त पढिरहेको छैन् भनेर सोच्नु भएको होला, तर होइन । यो माथिको भनाई एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईको हो । दक्षिण एशियामा क्रान्तिकारी कम्युनिष्टहरुको मोर्चाबन्दी गर्न कम्पोसा नामक खुला मोर्चाको अवधारणाबारे बोल्दा बाबुरामले उक्त धारणा राखेका थिए ।
पाठकहरु, तपाई सही हुनुहुन्छ, अवश्य पनि यो वर्तमान होइन, इतिहास हो । इतिहासमा बाबुरामले भारतीय विस्तारवादले नेपालमा चरम हस्तक्षेप मच्चाएको भन्दै आक्रोश पोख्ने गर्थे । २०५२ माघ २१ गते बुझाएको बहुचर्चित चालिस बुँदे ज्ञापनपत्रको तेश्रो बुँदामा बाबुरामले उल्लेख गरेका थिए ‘नेपालभित्र भारतीय नम्बर ल्पेटका गाडी चलाउन तत्काल रोक लगाउनु पर्दछ ।’
बाबुराम भट्टराईले इतिहासमा उही घटना प्रहसनको रुपमा पुनरावृत्ति हुने माक्र्सको एउटा लेखको भनाई बारम्बार उद्दृत गरेझैं अहिले उनै बाबुरामले भन्दैछन्– खरायोले बाख्रोसँग लड्न खोजेर हुँदैन । दिल्लीसँग जुध्न थाल्यौं भने हामी सखाप हुन्छौं । भारतीय विस्तारवाद नेपाली जनताको प्रधान दुश्मन मान्ने बाबुरामका लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गरेमात्रै भारतसँग सन्तुलित सम्बन्ध बनाउन सक्ने तर्क सही लागेको छ । तर दलाल पूँजिपतिहरुसँग संघर्ष नगरी कसरी आत्मनिर्भर अर्थतन्त्र सम्भव छ भन्ने कुरा उनले जवाफ दिँदैनन् । तर यसको उत्तर उनले कुनै बेला दिएका थिए ।एउटा लेखमा उनले भनेका थिए– “नेपालमा उद्योगधन्धा र व्यापारको यो चौपठ्ठ स्थिति भएको देशको कृषि क्षेत्रमा अहिलेसम्म सामन्तवादको अन्त्य हुन नसकेर प्रभावकारी बजार सिर्जना हुन नसकेको र जो भएको सानो बजार भारतीय एकाधिकार पूँजिले कब्जा गरेको कारणले र विद्यमान राज्यसत्ताको गलत नीतिको कारणले हो ।’ नयाँ शक्तिको आर्थिक समृद्धिको नाराले यो एकाधिकार पूँजिको बिरोध गर्ने साहस राख्छ त ? उनको अहिलेका विचारले भन्छ– अहँ सक्दैन र आवश्यक छैन ।
उटा प्रसंगमा बाबुरामले भनेका थिए –‘पहाड र मधेशका नेपालीहरूबीचमा आशंका र कटुता पैदा गर्ने र भारतीय विस्तारवादविरुद्धको आक्रोशलाई तराईवासी नेपाली विरुद्धको कारवाहीको रुपमा प्रस्तुत गर्ने’ षड्यन्त्र गरेको छ ।” तराई र मधेसका जनताका बीच भारतीय वस्तारवादले फाटो ल्याएर नेपालमाथिको हस्तक्षेपकारी नीति झन कस्दै जाने षडयन्त्रबारे बाबुरामले उक्त लेखमा उल्लेख गरेका थिए ।
कुनै बेला बाबुरामले भनेका थिए , ‘हामीले यतिबेला अर्को सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा के हो भने यो देशभक्तिपूर्ण जनविद्रोहपछि भारतीय विस्तारवादी शासकवर्गको खोक्रो अहंमा असाध्यै ठूलो चोट पुगेको छ र त्यसको बदला लिन उसले नेपाली जनता र राष्ट्रविरुद्ध झन् ठूलो षड्यन्त्रको जालो बुन्दैछ । त्यस क्रममा उसले एकातिर विस्तारवादविरुद्धको आक्रोशलाई भारतीय जनता र नेपालका ‘भारतीय मूलका नेपाली’ विरुद्धको कारवाहीको रुपमा भ्रष्टीकरण गर्ने मिथ्या प्रयास गरिरहेको छ र अर्कोतिर उसले छोटा राजन प्रवृत्तिका अपराधी गिरोहहरूलाई नेपालभित्र पठाएर देशभक्त नेपालीहरूको हत्या गर्ने संभावना टड्कारो रहेको छ ।’
यो तथ्यलाई इतिहासले पुष्टि गरेको कुरा बाबुरामले स्वीकार्न भने चाहँदैनन । खासगरी मधेसका जनतालाई निहुँ देखाएर मधेशका शासकहरुलाई बुईमा चढाएर भारते आफ्नो यही विस्तारवादी आक्रोश नाकाबन्दीमार्फत पुरा गर्न खोजेको कुरा बाबुरमले देख्दैनन । बाबुरामका लागि भारतीय नाकाबन्दी स्वभााविक लागेको उनका अभिव्यक्तिले देखाउँछ ।
एउटा प्रसंगमा बाबुरामले भनेका थिए –‘पहाड र मधेशका नेपालीहरूबीचमा आशंका र कटुता पैदा गर्ने र भारतीय विस्तारवादविरुद्धको आक्रोशलाई तराईवासी नेपाली विरुद्धको कारवाहीको रुपमा प्रस्तुत गर्ने’ षड्यन्त्र गरेको छ ।” तराई र मधेसका जनताका बीच भारतीय वस्तारवादले फाटो ल्याएर नेपालमाथिको हस्तक्षेपकारी नीति झन कस्दै जाने षडयन्त्रबारे बाबुरामले उक्त लेखमा उल्लेख गरेका थिए । यो पनित इतिहासले सत्य साबिनत गरेको छ अहिले तर बाबुरामले आफ्नै यो विश्लेषणको खण्डन गर्दै हिँडेका छन् । सोही लेखमा बबुरामले भनेका थिए ‘वर्तमान प्रकरणमा तराईको प्रश्नलाई गलत ढंगले तान्ने र पहाड र तराईका नेपाली जनताबीच फाटो पारेर प्रकारान्तरले भारतीय विस्तारवादलाई सहयोग पुर्‍याउने जुन प्रयत्न भइरहेछ, त्यसलाई बेलैमा बुभ्न र परास्त गर्न जरुरी भएको छ ।”
बाबुरामले भनेका थिए –‘पहाड र मधेशका नेपालीहरूबीचमा आशंका र कटुता पैदा गर्ने र भारतीय विस्तारवादविरुद्धको आक्रोशलाई तराईवासी नेपाली विरुद्धको कारवाहीको रुपमा प्रस्तुत गर्ने’ षड्यन्त्र गरेको छ ।” तराई र मधेसका जनताका बीच भारतीय वस्तारवादले फाटो ल्याएर नेपालमाथिको हस्तक्षेपकारी नीति झन कस्दै जाने षडयन्त्रबारे बाबुरामले उक्त लेखमा उल्लेख गरेका थिए ।
एउटा सामान्य मानिसले पनि मधेसी जनताको आन्दोलनलाई त्यहाँका जमिन्दार सामन्तहरुले आफ्नो स्वाथृका लागि उपयोग गरेको कुरा बुझेका छ । मधेसका जनता उत्पीडित छन् तर उनीहरुको उत्पीडिनलाई त्यहाँका शासकहरुले ढाल बनाएका छन् भन्ने कुरा प्रष्ट छ । तर बाबुराम भट्टराईले समग्र मधेसका शासकहरुको पक्ष लिँदै वक्तव्यबाजी गर्दै हिँड्नुु उनका आफ्नै अभिव्यक्तिको ठाडो प्रतिकार होइन र ः । बाबुरामले सोही लेखमा अगाडि लेखेका थिए–“ यहां कसरी पहाडे र मधीसेको कुरा आउँछ रु निश्चितरुपमा यहाँ मुठ्ठीभर विदेशी दलाल मारवाडी पूँजिपति र भारतीय शासकवर्गको विरुद्धको आक्रोशलाई विषयान्तर गर्ने र साम्प्रदायिक र क्षेत्रीय सद्भाव भांड्ने दुस्प्रयास विस्तारवादीहरूले नै गरेका छन्, जसलाई हाम्रा तराईवासी जनताले बेलैमा बुझ्नुपर्छ ।’
कम्पासाको कल्पनादेखि विश्व बैंकको आर्थिक विकासको मोडेलसम्मको बाबुरामको यो यात्रा निश्चय पनय दुखद छ । विश्लेषणहरु, विज्ञानका नियमहरु आज एउटा र भोली अर्को हुँदैनन् । २ र २ चार नै हुन्छ । हिजो माओवादी जनयुद्ध लड्दना दुई मा तीन जोड्दा पाँच हुने र आज त्यो ४ हुने कदानपी हुँैन ? यदि भारतीय विस्तारवादको चरित्र हिजो त्यो थियो भने आज त्यो नहुने भन्ने हुँदैन  यदि केही परिवर्तन भएको छैन भने । हिजो भारतीय वविस्तारवादीहरुको साम्प्रदायिक र क्षेत्रीय सदभाव भाँड्ने षडयन्त्र लाई तराईका जनतो बेलैमा बुझ्नुपर्ने तर आज त्यो अवस्था बिल्कुल समाप्त भएको पक्कै होइन होला ।
तराई र मधेसका मुद्धालाई यही एकाधिकारवादी भारतीय पूँजिवादले उपयोग गर्न खोजेको तपाईको हिजोको विश्लेषणकै आधारमा हेर्दा मधेसका समस्यालाई त्यही अर्थमा हल गर्न संघर्ष गर्नु आवश्यक छ कि मधेसका शासक र सामन्तहरु (जुन पहाडी शासक र सामन्तभन्दा चरित्रका दृष्टिले फरक छैनन्) सँग घाँटी जोडेर भारतीय हस्तक्षेपलाई नै बल पुग्ने गरी जानु बस्तुसम्मत हुन्छ बाबुराम महोदय ?
मध्यान्हको घाम जस्तै झर्लङ्ग सबै कुरा हुँदाहुँदै पनि बाबबुराम भट्टराईले आफ्नो इतिहास नै झूस्ठो साबित गरेर प्रतिक्रिया दिनुले उनको उचाई दिनप्रतिदिन खुम्च्याउँदै लगेको छ । यतिखेर भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय प्रतिरोधको भावना उठिरहेको बेला उनले त्यसको बिरोध गर्दै हिड्नु र कुनै बेला आफैले त्यसको वकालत गर्नुको बिरोधाभाषलाई कसरी बुझ्ने ? बाबुराम भट्टराईको लेखमा उल्लेख थियो– “भारतीय विस्तारवादको प्रत्यक्ष वा अप्रत्यक्ष सैनिक र अन्य हस्तक्षेपविरुद्ध तयारी नगरी नेपालमा जनक्रान्ति सम्पन्न गर्न र त्यसको रक्षा गर्न सम्भव हुन्न भन्ने कुरामा हामी अत्यन्तै स्पष्ट छौं र त्यस अर्थमा हालैका घटनाहरूले दूरगामी महत्व राख्छन् भन्ने हाम्रो सुस्पष्ट सोंच छ । त्यसैले कुनै पनि बहानामा देशभक्तहरूबीच फाटो पार्ने र विस्तारवादलाई सहयोग पुर्‍याउने कुराको हामी सख्त विरोधी छौं र रहनेछौं
प्रश्न उठाउन मन लाग्यो– अहिले तपाईहले फाटो पार्ने कामलाई किन यसरी मलजल दिनुभयो त बाबुराम महोदय ? यदि भारतीय हस्तक्षेप, भारतीय एकाधिकार पूँजिवाद नेपाली समृद्धिको बाधक हो भने अन्तरविरोधका नियमहरुका आधारमा त देशभक्तबीचको राष्ट्रिय एकता प्रधान बन्नुपर्ने होइन बाबुराम महोदय ? तराई र मधेसका मुद्धालाई यही एकाधिकारवादी भारतीय पूँजिवादले उपयोग गर्न खोजेको तपाईको हिजोको विश्लेषणकै आधारमा हेर्दा मधेसका समस्यालाई त्यही अर्थमा हल गर्न संघर्ष गर्नु आवश्यक छ कि मधेसका शासक र सामन्तहरु (जुन पहाडी शासक र सामन्तभन्दा चरित्रका दृष्टिले फरक छैनन्) सँग घाँटी जोडेर भारतीय हस्तक्षेपलाई नै बल पुग्ने गरी जानु बस्तुसम्मत हुन्छ बाबुराम महोदय ?
तपाईले सधैं राजनीतिक अर्थशास्त्रको अध्ययन गर्नुभयो । तर तपाईको राजनीतिक अर्थशास्त्र छाडा उन्मुक्त बजारका नियमहरुबाट निर्देशित रहेको तपाईले नै पुष्टि गर्नुभयो । नत्र तपाई आफ्नै विचारमा यसरी विचलन आउनुलाई के भन्ने ? एकपटक फर्केर आफ्ैले गरेको अर्थराजनीतिक विश्लेषणहरु हेर्नुस् । हामीले आरोप लगाउनु पर्ने आवश्यकता पर्ने छैन ।
Loading...