Latest News

बाबुराम भट्टराईपछि मोर्चाका शीर्ष नेताहरु पनि दिल्ली जाँदै, नेपालविरुद्ध नयाँ रणनीतिमा मोदी

modiकाठमाडौं, मंसिर १८ । भारतीय संसदमा नेपालसम्बन्धी भारतीय सरकारको चर्को आलोचना भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतप्रति नरम रहेका नेपालका मुख्य राजनीतिक व्यक्तिहरुलाई दिल्लीमा बोलाएको छ ।
बिहिबार भारतीय सदनमा नेपालसम्बन्धी सत्रमा विपक्षी दलका सांसदहरुले मोदीको गलत नीतिका कारण नेपाल र भारतबीचको सम्बन्ध बिग्रिएको भन्दै आलोचना गरेका थिए । सीमामा अवरोधको रणनीतिले नेपालमा मानवीय संकट आएको अन्तर्राष्ट्रिय जनमत र विश्वभरीका नेपालीहरुले भारतको नीतिको बिरोध गरेपछि मोदी सरकारले आन्दोलनको स्वरुप र भावी दिशाबारे छलफल गर्न मोर्चाका शीर्ष नेताहरुलाई दिल्ली बोलाएको हो ।
एभरेष्टदैनिकडटकमको विशेष श्रोतका अनुसार, शुक्रबार निर्णायक भनिएको वार्तामा मधेसी नेताहरु दिल्लीबाट तत्काल वार्तामा नबस्ने सन्देश आएकै कारण सहभागी भएका थिएनन् । नेपाली कांग्रेस र सत्तारुढ एमाले र कांग्रेसबीच साझा अवधारणा निर्माण भएको बेला कार्यव्यस्तता भएको बताउँदै मोर्चाका नेताहरु बालुवाटार जानुको साटो भारतीय दूतावास लैनचोर पुगेका थिए । लैनचोरमा तत्काल वार्तामा बस्दा शीर्ष तीन दलको प्रस्ताव स्वीकार्नुको विकल्प नहुने भएकोले केही दिन ढिलाई गर्न दूतावासले सुझाव दिएको श्रोतले बतायो ।
सोही आधारमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष रामेश्वर राय यादव आइतबार दिल्ली जाने भएका हुन ।
इन्डियन एयरलायन्सको बिहान ८स्३० को फ्लाइटबाट दिल्ली प्रस्थान गरेपछि उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुषमा स्वराज, विपक्षी दलका नेताहरुसँग छलफल गर्ने बताइन्छ ।
भारतीय विपक्षी दल तथा बुद्धिजीविहरुमा राम्रो छवि बनाएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत भेटका अवसरमा बोलाइने श्रोतले बतायो । भट्टराईसँगै फास्ट ट्रयाक सम्झौतामा विवादित पूर्व मन्त्री विमलेन्द्र निधि तथा रामेश्वर खनाल समेत मुम्बई गएका छन् ।
श्रोतका अनुसार, भट्टराई भारतीय जनता पार्टीका नेता राजनाथ सिंहलाई भेट्न मुम्बई गएका हुन । विश्व बैंकको कार्यक्रमको अवसर पारेर त्यहाँ पुगेका भट्टराईले मधेसी मोर्चाका नेताहरुसँगै भारतीय सत्तारुढ दलका नेतालाई भेट्नेछन् भने स्वतन्त्ररुपमा सीताराम येचुरीदेखि विपक्षी नेताहरुसँग परामर्श गर्नेछन् ।
मधेसी मोर्चाका नेताहरुको ब्रिफिङ एकपक्षिय हुने भएकोले विपक्षीहरुलाई प्रभावमा पार्न भट्टराईलाई समेत डाकिएको श्रोतले बतायो ।
Loading...