Latest News

अश्लिल क्रियाकलापमा संलग्न ६० जना बालबालिका रङगेहात पक्राउ

मेक्सिको, २९ मंसिर– ल्याटिन अमेरिकाको विभिन्न राज्यबाट यौन तथा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा ६० जना बालबालिकालाई पक्राउ गरिएको मेक्सिकोका सुरक्षा अधिकारीले बताएका छन् ।
सुरक्षाकर्मी र फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन एफबिआइले अर्जेन्टिना, चिली र मेक्सिकोमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको मेक्सिकोको नेसनल सेक्युरिटी कमिशन सिएनएसले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
पक्राउपर्ने बालबालिका ९ वर्षदेखि १५ वर्ष उमेर समूहका रहेको सिएनएसले बताएको छ ।
बालबालिकालाई उनीहरुका आफन्त तथा छिमेकीले अश्लिल यौनधन्दा गर्न तथा यौन दृश्यचित्र बनाउन प्रयोग गरेको वक्तव्यमा जनाइएको छ ।
पक्राउ पर्नेमध्ये आठ जनालाई मेक्सिको सहरबाट र बाँकी अरुलाई ब्राजिल, कोलम्बिया, कोष्टारिका, स्पेनलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको थियो । रासस÷एएफपी
Loading...