Loading...
रुपन्देही, २९ मंसिर– भैरहवाको बेलहीया नाकामा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले फोरम लोकतान्त्रिक रुपन्देहीका जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले ति नेतालाई नियन्त्रणमा लिएपछि सीमा अवरोध गर्न आएका अन्य कार्यकर्ता भागेका थिए । सो नाकाबाट एक हप्तादेखि पेट्रोलियम पदार्थसँगै अन्य सवारीका साधन नेपाल भित्रिरहेका छन् ।
Loading...

Social Buttons