Loading...
मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागी गरिएको काम भनी टिप्पणी गरेका छन् ।
केजरीवालले यसलाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रुपमा आएको प्रतिक्रिया भएको जिकिर गरेका छन् ।
छापाबारे बिस्तृतमा ब्याख्या नगरिकनै सिविआईले उसका अनुसन्धान अधिकारीले दिल्ली सचिवालय अन्तर्गत केही कार्यालयहरू अनुसन्धानका लागी नियन्त्रणमा लिइएको बताएको छ ।
हामीले मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीमाथि अनुसन्धान अघि बढाएका छौं, सिविआई प्रवक्ता आर। के। गौरले भने ।
अनुसन्धान समुहले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको नभै छानविनका लागि केही क्षेत्रमा प्रवेशमा कडाइ गरेको जानकारी गराएको छ ।
तर केजरीवालले केन्द्र सरकारप्रति उत्तरदायी सिविआईको दाबी झुटो भएको बताएका छन् । उनले आफ्नै कार्यालयमा केन्द्र सरकारको मातहतमा रहेको सिबिआइले गरेको खानतलासी अर्थपूर्ण रहेको जनाएका हुन् ।
‘सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले मेरो आफ्नै अफिसमा छापा मारेको छ,’ भारतीय भ्रष्ट्राचारविरोधी आम आदमी पार्टी (आप) का नेता केजरीवाले ट्वीट गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनुन् उनले कुन फाइल चाहेका हुन् रु यदि सिविआईसँग राजेन्द्रले विरुद्धको गरेको अनियमितता सम्वन्धी कुनै सबुद प्रमाण छ भने किन सिविआइले त्यो मलाई जानकारी गराउदैन ? मुख्यमन्त्री केजरीवालले भने ।
‘मोदीले आप पार्टीसँग राजनैतिकरुपमा प्रतिवाद गर्न नसकेपछि यो कायरता देखाएका छन्, नेता केजरीवालले भनेका छन् ।
तर सिविआईले भने यसबारे तत्कालै कुनै प्रतिक्रिया जनाइसकेको छैन । भारतीय टेलिभिजनले भने सिविआई स्रोतलाई उद्धृत गर्दै छापा केजरीवालका प्रमुख सचिव राजेद्रकुमार विरुद्ध भएको भनेका छन् ।
केजरीवाल र भारतीय प्रधानमन्त्रीलाई कटू प्रतिद्वन्द्वीका रुपमा चिनिदै आइएको छ । उनीहरूबीच गत बर्ष भएको आम चुनाबमा वाराणासीको निर्बाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।
केजरीवाललाई प्रधानमन्त्री मोदीले भारी मत अन्तरले पराजित गरेका थिए । पछि राज्यसभा निर्वाचनमा भने मोदीको भारतीय जनता पार्टीलाई आपले अकल्पनीय बहुमतद्वारा पराजित गरेको थियो ।

Social Buttons