Latest News

भारतले इशारा गरेपछि सीमा अवरोध हटाउन मधेसी मोर्चा सकारात्मक

नयाँदिल्ली, २३ मंसिर– भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति गर्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीन बुँदे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाव दिएका छन् ।
विदेशमन्त्री सुष्मा स्वराजले पनि आइतबार राति मोर्चाका नेतलाई हैदरावाद हाउसमा दिएको डिनरमा तीन बुँदे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् ।
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वजारले उपप्रधानमन्त्री कमल थापाको तीन बुँदे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाण्डु फर्किएपछि सरकारसँग वार्ता गर्ने ब ताए । तर, माग पूरा नभई नाका खोल्दा भविष्यमा कहिल्यै आन्दोलन उठ्न नसक्ने हो कि भन्दै भेटघाटमा चिन्ता व्यक्त गरे ।
नयाँ पत्रिकाबाट
Loading...