Loading...
काठमाडौं । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद पञ्चमीमा जानकी मन्दिर जाने ठूलो धूलो थियो । बाल्यकालदेखि नै आफ्नी आमा र ठूलीआमा विवाहपंचमीमा जानकी मन्दिर जाने गरेको घटनाले पनि राष्ट्रपति भण्डारीको मनमा त्यो विवाह पंचमी कस्तो होला भन्ने जिज्ञासा थियो । हरेक वर्ष धुमधामसँग मनाइने विवाह पंचमीमा जाने धोको राष्ट्रपति भइसकेपछि मात्रै पूरा भयो । सायद राष्ट्रपति बन्नुभन्दा अगाडि त्यहाँ पुगेको भए यत्ति ठूलो इस्यु बन्ने थिएन । मधेसमा आन्दोलनमा चर्किएका बेला राष्ट्रपति त्यहाँ पुगेको घटना र त्यसपछि उत्पन्न प्रतिक्रियाले राष्ट्रपति भावुक बनिन् । गत शनिबार शितलनिवासमा बरिष्ठ पत्रकारहरुसँग कुराकानी गर्दै राष्ट्रपतिले भनिन् ‘मेरी आमाको नाम मिथिलादेवी पाण्डे र ठूलीआमाको नाम जानकीदेवी पाण्डे भएकोले पनि जनकपुरसँग मेरो आत्मीय सम्बन्ध थियो । त्यसैले विवाह पंचमीमा जाने अवसर मिल्यो । म त्यहाँ जाँदासम्म त खासै ठूलो विरोध भएको जस्तो लागेको थिएन । पछि फर्किएपछि जे जस्ता समाचार सुर्नें त्यसले मलाई दुःखी बनायो । राष्ट्रपतिको कुरा सुनेपछि नारायण वाग्लेले प्रश्न गरे- त्यस घटनालाई कसरी लिनुभएको छ ? राष्ट्रपति फेरि भावुक बनिन् र भनिन् हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेर पनि समाजको मानसिकता परिवर्तन गर्न सकेका रहेनछौं । राजनीतिले जनताको चेतानास्तर उडाउन सकेको रहेनछ । त्यही कुराको महसुस भयो । दृष्टि साप्ताहिकमा खबर छ ।
Loading...
Social Buttons