Latest News

यी हुन् नेपाली चेलीको सामुहिक बलात्कार गर्ने ९ भारतीय युवक, जसले पाए मृत्युदण्डको सजायँ

 gangrape-case-s_650_122115063935धनवीर पुन मगर
नयाँदिल्ली, ७ पुस । रोहतकमा नेपाली युवतीलाई सामुहिक बलात्कार गरी हत्या गर्ने नौ अभियुक्तमध्ये सात जनालाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।

एक दोषी नाबालिग सन्तोष जो नेपाली नागरिक हुन् । उनलाई आजिवन कैदको लागि फैसला भएको छ । नौवौं आरोपीमध्येका एक सोमबीरले दिल्लीको बबानामा विष सेवन गरी पहिले नै आत्महत्या गरिसकेका छन् । जज सीमा सिंघल रहेको फास्टट्रेक कोर्टले १० महिनाभित्रमा उनीहरुलाई फाँसीको सजायँ फैसला गरेको हो ।
प्राप्त जानकारी अनुसार राजापुर नगरपालिका १०, टेडिया बर्दिया निवासी २८ वर्षीय सरिता (नाम परिवर्तन) रोहतकस्थित चिन्योट कलोनीमा दिदी जानकी विकसँग तीन महिनादेखि बस्दै आएकी थिइन् । मन्द बुद्धिकी उनी ३ महिना पहिला उपचारका लागि रोहतक गएकी थिइन् । उनको रोहतकस्थित पिजीआई हस्पिटलमा उपचार चलिरहेको थियो । उपचारमा रहेकी उनी, अकस्मात १ फेब्रअरीका दिन लापता भएकी थिइन् । लामो खोजतलासपछि उनको शव ४ फेब्रअरीका दिन फेला परेको थियो । रोहतक–हिसार रोडस्थित बहुअकबरपुर गाउँको एक खेतमा भेटिएको उनको शव पोस्टमार्टमका लागि पठाइएको थियो ।
मृतक सरितालाई गैंगरेपको साथै भयानक अवस्थामा हत्या गरिएको थियो । मृतकको प्राइवेट पार्टमा चोटका गम्भीर निशानीहरु थिए । पोस्टमार्टम रिपोर्टको अनुसार मृतक सरितालाई पहिला सामुहिक बलात्कारपछि गुप्ताङ्गको भित्रबाट इँटा, ब्लेड, सिमेन्ट र छडका टुक्राहरू पेटमा पु¥याइएको भेटिएको थियो । एक पुलिस कास्टेबलका अनुसार आरोपीहरूलाई पुछताछ गर्दा पदम उर्फ सरवर भन्ने व्यक्तिले नै घटनाको सम्पूर्ण योजना बनाएको बताएका छन् । IPC को 346, 364, 376D, 377, 120B, 201 र 34 को अन्तर्गत केस दर्ता गरिएको थियो ।
आरोपीहरूका अनुसार पहिला सामुहिक बलात्कार गरेको र पछि आफूहरूको पहिचान खुल्ने डरले हत्या गरिएको थियो । यसरी आरोपीहरूको भनाई र पोस्टमार्टम रिपोर्ट अनुसार मृतक नेपाली युवतीमाथि अमानवीय, दुराचारपूर्ण तथा कुकर्म भएको सावित भएको हो ।
सो मुद्दालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लगायत भारतमा रहेका नेपालीहरुका विभिन्न सङ्घ÷संस्थाका दबाबपछि मात्रै प्रशासनले पहललाई अगाडि बढाएको थियो । तत्पश्चात राजेश, सुनिल, सरवर, मनवीर, माधा, पवन र सन्तोषलाई गिरफ्तार गरेको थियो । पीडित पक्षकोतर्फबाट अधिवक्ता पङ्कज कौशिक र पवन जाँगडाले मुद्दा लडेका थिए ।
हत्यारालाई कार्रवाही, पीडित परिवारको सुरक्षा र क्षतिपूर्तिको माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घटनास्थल रोहतका साथै भारतव्यापी प्रदर्शन गर्नुका साथै ज्ञापन पत्र बुझाएको थियो । यो समस्यालाई लिएर राष्ट्रिय जनमोर्चामार्फत नेपालका तात्कालिन प्रधानमन्त्री शुशिल कोइरालालाई समेत ज्ञापन पत्र दिइएको थियो ।
Loading...